विराटनगर । अर्थशास्त्र तर्फको नोबेल पुरस्कार तीन अमेरिकी अर्थशास्त्रीले पाएका छन् ।
यस वर्षको विश्व प्रतिष्ठित नोबेल पुरस्कार म्यासाचुसेट्स इन्स्टिट्यूट अफ टेक्नोलोजीका डारोन एसिमोग्लु, साइमन जोन्सन र सिकागो विश्वविद्यालयका जेम्स रोबिन्सनलाई संयुक्त रुपमा पुरस्कार प्रदान गर्ने निर्णय भएको हो ।
तीनै जना अर्थशास्त्रीहरूले संस्थाहरू कसरी बन्छन् र समृद्धिमा कस्तो प्रभाव पार्छन् भन्ने विषयमा गरेको गहन अध्ययनका लागि यो पुरस्कार जित्न सफल भएका हुन् ।
रोयल स्वीडिश एकेडेमी अफ साइन्सेजले पुरस्कार घोषणा गर्दै भनेको छ, ‘उनीहरूको अनुसन्धानले हामीलाई संस्थाहरूको महत्त्व बुझ्न र समाजमा आर्थिक वृद्धिलाई बढावा दिन कसरी काम गर्न सकिन्छ भन्ने बारेमा गहिरो अन्तर्दृष्टि प्रदान गर्दछ।’
पुरस्कार पाउने डारोन असिमोग्लु म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीसँग आबद्ध छन् भने साइमन जोनसन एमआईटी स्लोन स्कूल अफ मैनेजमेन्टसँग आबद्ध छन् । अर्का अर्थशास्त्री जेम्स रोबिन्सन हार्वर्ड विश्वविद्यालयका अर्थशास्त्री हुन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,668)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,284)