दसैंको टीका कता फर्किएर लगाउने ?

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विजयादशमीको मुख्य दिन आज मान्यजनको हातबाट रातो टीका र जमरा लगाइँदै छ । टीकालाई शुभ साइतको प्रतीक र जमरालाई समृद्धिको प्रतीकको रुपमा लगाउने चलन छ ।

बिहान ८ साढे ८ बजे देवी विसर्जन गरेपछि टीका लगाउन सकिन्छ । उत्तम साइत भने ११ ः३६ मिनेटमा तोकिएको छ ।

परम्परा अनुसार टीका लगाउनेले पूर्व फर्किएर बस्नुपर्छ । पूर्वपट्टि फर्केर टीका थाप्ने र पश्चिम फर्केर लगाइदिने परम्परा पुरानो हो ।

दक्षिणतिर पितृकर्म मात्रै गरिने भएकाले दक्षिण फर्किने चलन छैन । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य डा‍. बासुदेव कोइरालाले टीका लगाइमाग्ने व्यक्ति पूर्व फर्किने र लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्ने बताए ।

दुर्गा विसर्जन गरेपछि टीका लगाउन सुरु गरिन्छ । सुरुमा कुलदेवता, पितृदेवतालाई टीका चढाउने गरिन्छ । घरको मूल ढोकामाथि टीका लगाइदिने परम्परा छ । त्यसपछि मान्यजनबाट टीका लगाइन्छ ।

प्रकाशित मिति: शनिबार, २६ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.