विराटनगर । विजयादशमीको मुख्य दिन आज मान्यजनको हातबाट रातो टीका र जमरा लगाइँदै छ । टीकालाई शुभ साइतको प्रतीक र जमरालाई समृद्धिको प्रतीकको रुपमा लगाउने चलन छ ।
बिहान ८ साढे ८ बजे देवी विसर्जन गरेपछि टीका लगाउन सकिन्छ । उत्तम साइत भने ११ ः३६ मिनेटमा तोकिएको छ ।
परम्परा अनुसार टीका लगाउनेले पूर्व फर्किएर बस्नुपर्छ । पूर्वपट्टि फर्केर टीका थाप्ने र पश्चिम फर्केर लगाइदिने परम्परा पुरानो हो ।
दक्षिणतिर पितृकर्म मात्रै गरिने भएकाले दक्षिण फर्किने चलन छैन । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य डा. बासुदेव कोइरालाले टीका लगाइमाग्ने व्यक्ति पूर्व फर्किने र लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्ने बताए ।
दुर्गा विसर्जन गरेपछि टीका लगाउन सुरु गरिन्छ । सुरुमा कुलदेवता, पितृदेवतालाई टीका चढाउने गरिन्छ । घरको मूल ढोकामाथि टीका लगाइदिने परम्परा छ । त्यसपछि मान्यजनबाट टीका लगाइन्छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,443)
जीवन विकासले बोलायो साधारणसभा (2,413)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,373)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,357)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,227)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,161)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,583)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,121)