विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले फोहोरमैला व्यवस्थापन गर्ने व्यवस्थित सेनेटरी ल्याण्डफिल्ड साइट निर्माणका बजेट माग गर्दै खानेपानी मन्त्रालयलाई पत्र पठाएका छन् ।
व्यवस्थित सेनेटरी ल्याण्डफिल्ड साइट नहुँदा समस्या भएको भन्दै उनले ल्याण्डफिल्ड साइट बनाउने योजनाका लागि पुग्दो पैसा हाल्दिनु पर्यो’ भन्दै पत्र पठाएका हुन् । उनले लेखेको पत्रमा ल्याण्डफिल्ड साइट निर्माणका लागि ‘खत्रा लाग्नु पर्याे’ भन्दै भोलीचालीको शब्द प्रयोग गरिएको छ ।
‘धरानको व्यवस्थित सेनेटरी ल्याण्डफिल्ड साइट बनाउन अत्यावश्यक भएकोले योजनाको लागि पुग्दो पैसा हाल्दिनु पर्यो । फोहोर जंगलमा फान्दा व्यबस्थित भएन भनेर फोटो खिच्ने र राजनीति गर्नेहरुको संख्या दिनानुदिन बढिरहेको छ। साथै फोहोर बगेर तल्लो भेगमा पुग्ने गरेको छ,’ उनले पत्र लेख्दै भनेका छन् ,‘ वर्षेनी सुख्खा याममा फोहोरमा आगो लागेर डढेलो लागेर बिजोग हुन्छ । तार घेरा लाउन लाको बनका मान्छेहरु आएर डोजरले भत्काइदिए । यो विषयमा पत्र पठाको पनि धेरै भयो । अध्ययन गर्ने भन्छन् । कति लामो अध्ययन हो ? कति वर्षे कोर्ष हो ? जनतालाई देशलाई सेवा, सुविधा तत्काल चाहिएको छ । हाम्रो सरकार र कानूनलाई प्रक्रिया माचि प्रकिया माथि प्रक्रिया अध्ययनै अध्ययन मात्रै चाहिएको छ। लौन सरकार खत्रा लाग्नु पर्याे ।’
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,443)
जीवन विकासले बोलायो साधारणसभा (2,413)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,371)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,355)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,225)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,159)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,583)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)