खानेपानी मन्त्रीलाई हर्क सम्पाङको पत्र : ‘ल्याण्डफिल्ड साइट बनाउन खत्रा लाग्नु पर्याे’

Satya Sanchar सत्य सञ्चार

विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले फोहोरमैला व्यवस्थापन गर्ने व्यवस्थित सेनेटरी ल्याण्डफिल्ड साइट निर्माणका बजेट माग गर्दै खानेपानी मन्त्रालयलाई पत्र पठाएका छन् ।

व्यवस्थित सेनेटरी ल्याण्डफिल्ड साइट नहुँदा समस्या भएको भन्दै उनले ल्याण्डफिल्ड साइट बनाउने योजनाका लागि पुग्दो पैसा हाल्दिनु पर्‍यो’ भन्दै पत्र पठाएका हुन् । उनले लेखेको पत्रमा ल्याण्डफिल्ड साइट निर्माणका लागि ‘खत्रा लाग्नु पर्याे’ भन्दै भोलीचालीको शब्द प्रयोग गरिएको छ ।

‘धरानको व्यवस्थित सेनेटरी ल्याण्डफिल्ड साइट बनाउन अत्यावश्यक भएकोले योजनाको लागि पुग्दो पैसा हाल्दिनु पर्‍यो । फोहोर जंगलमा फान्दा व्यबस्थित भएन भनेर फोटो खिच्ने र राजनीति गर्नेहरुको संख्या दिनानुदिन बढिरहेको छ। साथै फोहोर बगेर तल्लो भेगमा पुग्ने गरेको छ,’ उनले पत्र लेख्दै भनेका छन् ,‘ वर्षेनी सुख्खा याममा फोहोरमा आगो लागेर डढेलो लागेर बिजोग हुन्छ । तार घेरा लाउन लाको बनका मान्छेहरु आएर डोजरले भत्काइदिए । यो विषयमा पत्र पठाको पनि धेरै भयो । अध्ययन गर्ने भन्छन् । कति लामो अध्ययन हो ? कति वर्षे कोर्ष हो ? जनतालाई देशलाई सेवा, सुविधा तत्काल चाहिएको छ । हाम्रो सरकार र कानूनलाई प्रक्रिया माचि प्रकिया माथि प्रक्रिया अध्ययनै अध्ययन मात्रै चाहिएको छ। लौन सरकार खत्रा लाग्नु पर्याे ।’

प्रकाशित मिति: मङ्गलबार, २२ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.