डिडिसीले गर्याे दूध संकलनमा कटौती

Satya Sanchar सत्य सञ्चार

विराटनगर । निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न नसक्दा बजार गुमाउँदै गएको दुग्ध विकास संस्थान विराटनगर दूग्ध वितरण आयोजनाले दूध संकलन आधा कटौती गरेको छ ।

बजारको बिक्री र किसानको भुक्तानीमा सन्तुलन राख्न नसकेका कारण डिडिसीले गत साउनयता दूध संकलन आधा कटौती गरेको हो । किसानको भुक्तानी पनि वैशाखयता रोकिएको छ ।

गत असारसम्म विराटनगर दूग्ध वितरण आयोजनाल दैनिक २२ हजार लिटरसम्म दूध संकलन गरेको थियो । साउनदेखि भने दैनिक १०–१२ हजार लिटर दूध मात्रै संकलन गरिरहेको विराटनगर दूग्ध वितरण आयोजनाका निमित्त प्रमुख हिरबहादुर थापामगरले जानकारी दिए । उनका अनुसार समयमा नै भुक्तानी गर्न नसकेका कारण किसानले पनि दूध दिन छाडेका छन् ।

डिडिसीको दूध संकलनको मुख्य केन्द्र इलाम हो । ‘इलाम तिर छुर्पी उद्योगहरू खुलेका छन्, त्यहाँको दूध उद्योगमा बढी खपत हुन्छ,’ उनले भने,‘ डिडिसीबाट किसानको भुक्तानी पनि ढिलो भइरहेको छ ।’ 

बैशाखदेखि भुक्तानी बाँकी

डिडिसीले मंसिरबाट किसानको भुक्तानी रोकिएको थियो । केन्द्रबाट १६ करोड ८ लाख रुपैयाँ निकासा भएपछि केही दिनअघि चैत मसान्तसम्मको भुक्तानी गरेको थापमगरले बताए ।

बैशाखयताको भुक्तानी भने अझै बाँकी छ । उनका अनुसार असारसम्मको मात्रै २६ करोड भुक्तानी बाँकी थियो । केन्द्रबाट चैत मसान्तसम्मको लागि भन्दै १६ करोड ८ लाख रुपैयाँ मात्रै निकासा भएको थियो । निकासा भएको सबै रकम किसानलाई भुक्तानी गरेको उनले बताए ।

उनका अनुसार डिडिसीको विराटनगर दुग्ध वितरण आयोजनाले बैशाखदेखि भदौ मसान्तसम्म १३ करोड ८९ लाख भुक्तानी गर्न बाँकी छ । असोज महिनाको भने हिसाब भइसकेको छैन । बाँकी रकम दसैंअघि भुक्तानी गर्ने सम्भावना छैन । 

डिडिसीले किसानबाट खरिद गरेको दूध प्रसोधन गरी बजारमा पठाउँछ । पाउडर दूध सँगै अन्य दूधजन्य पदार्थ पनि उत्पादन गर्छ । उनका अनुसार विराटनगर दूग्ध वितरण आयोजनामा मात्रै ८२ हजार १२० किलो पाउडर दूध स्टकमा छ । १ वर्षयता स्टकमा रहेको धुलो दूध डिडिसीले बिक्री गरिरहेको छ ।

‘स्टक धेरै भएकाले संकलन पनि कम गरेको हो,’ उनले भने,‘मखन मात्रै एक लाख ९६ हजार किलो स्टकमा छ ।’

धूलो दूधको आयु १८ महिनाको मात्रै हुन्छ  । एक वर्षयता स्टकमा रहेको धूलो र किसानबाट संकलन भएको दूधलाई मिसाएर बजार पठाइरहेको छ । स्टक सक्नका लागि किसानको दूध कटौती गरेर धूलो दूध बजार पठाइरहेको डिडिसी स्रोतले बताएको छ ।

विराटनगर, इटहरी धरानलगायत बजारमा डिडिसले दैनिक २ हजार २२ सय देखि दुई हजार ५ सय लिटरसम्म दूध विक्री गर्छ । दैनिक करिब ६ सय लिटर दही बिक्री गर्ने डिडिसले दैनिक सरदर ६० किलो हाराहारी  पनिर बिक्री गर्छ । इलाम, झापा, धनकुटा, सप्तरीलगायत जिल्लाबाट डिडिसीले दूध संकलन गर्छ । 

प्रकाशित मिति: मङ्गलबार, २२ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.