विराटनगर । निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न नसक्दा बजार गुमाउँदै गएको दुग्ध विकास संस्थान विराटनगर दूग्ध वितरण आयोजनाले दूध संकलन आधा कटौती गरेको छ ।
बजारको बिक्री र किसानको भुक्तानीमा सन्तुलन राख्न नसकेका कारण डिडिसीले गत साउनयता दूध संकलन आधा कटौती गरेको हो । किसानको भुक्तानी पनि वैशाखयता रोकिएको छ ।
गत असारसम्म विराटनगर दूग्ध वितरण आयोजनाल दैनिक २२ हजार लिटरसम्म दूध संकलन गरेको थियो । साउनदेखि भने दैनिक १०–१२ हजार लिटर दूध मात्रै संकलन गरिरहेको विराटनगर दूग्ध वितरण आयोजनाका निमित्त प्रमुख हिरबहादुर थापामगरले जानकारी दिए । उनका अनुसार समयमा नै भुक्तानी गर्न नसकेका कारण किसानले पनि दूध दिन छाडेका छन् ।
डिडिसीको दूध संकलनको मुख्य केन्द्र इलाम हो । ‘इलाम तिर छुर्पी उद्योगहरू खुलेका छन्, त्यहाँको दूध उद्योगमा बढी खपत हुन्छ,’ उनले भने,‘ डिडिसीबाट किसानको भुक्तानी पनि ढिलो भइरहेको छ ।’
बैशाखदेखि भुक्तानी बाँकी
डिडिसीले मंसिरबाट किसानको भुक्तानी रोकिएको थियो । केन्द्रबाट १६ करोड ८ लाख रुपैयाँ निकासा भएपछि केही दिनअघि चैत मसान्तसम्मको भुक्तानी गरेको थापमगरले बताए ।
बैशाखयताको भुक्तानी भने अझै बाँकी छ । उनका अनुसार असारसम्मको मात्रै २६ करोड भुक्तानी बाँकी थियो । केन्द्रबाट चैत मसान्तसम्मको लागि भन्दै १६ करोड ८ लाख रुपैयाँ मात्रै निकासा भएको थियो । निकासा भएको सबै रकम किसानलाई भुक्तानी गरेको उनले बताए ।
उनका अनुसार डिडिसीको विराटनगर दुग्ध वितरण आयोजनाले बैशाखदेखि भदौ मसान्तसम्म १३ करोड ८९ लाख भुक्तानी गर्न बाँकी छ । असोज महिनाको भने हिसाब भइसकेको छैन । बाँकी रकम दसैंअघि भुक्तानी गर्ने सम्भावना छैन ।
डिडिसीले किसानबाट खरिद गरेको दूध प्रसोधन गरी बजारमा पठाउँछ । पाउडर दूध सँगै अन्य दूधजन्य पदार्थ पनि उत्पादन गर्छ । उनका अनुसार विराटनगर दूग्ध वितरण आयोजनामा मात्रै ८२ हजार १२० किलो पाउडर दूध स्टकमा छ । १ वर्षयता स्टकमा रहेको धुलो दूध डिडिसीले बिक्री गरिरहेको छ ।
‘स्टक धेरै भएकाले संकलन पनि कम गरेको हो,’ उनले भने,‘मखन मात्रै एक लाख ९६ हजार किलो स्टकमा छ ।’
धूलो दूधको आयु १८ महिनाको मात्रै हुन्छ । एक वर्षयता स्टकमा रहेको धूलो र किसानबाट संकलन भएको दूधलाई मिसाएर बजार पठाइरहेको छ । स्टक सक्नका लागि किसानको दूध कटौती गरेर धूलो दूध बजार पठाइरहेको डिडिसी स्रोतले बताएको छ ।
विराटनगर, इटहरी धरानलगायत बजारमा डिडिसले दैनिक २ हजार २२ सय देखि दुई हजार ५ सय लिटरसम्म दूध विक्री गर्छ । दैनिक करिब ६ सय लिटर दही बिक्री गर्ने डिडिसले दैनिक सरदर ६० किलो हाराहारी पनिर बिक्री गर्छ । इलाम, झापा, धनकुटा, सप्तरीलगायत जिल्लाबाट डिडिसीले दूध संकलन गर्छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,443)
जीवन विकासले बोलायो साधारणसभा (2,413)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,373)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,355)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,225)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,159)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,583)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,121)