विराटगगर । विराटनगर बजारमा रहेका माछा–मासु पसलको अनुगमन गर्दा सरसफाईमा ध्यान नदिएको भेटिएको छ ।
आज महानगरपालिकाका तर्फबाट राजस्व महाशाखा प्रमुख सरोज गौतम, आर्थिक विकास महाशाखाका संयोजक कृष्ण पोखरेल, कृषि तथा पशुपंक्षी शाखा प्रमुख शुभनारायण यादव, हिरालाल यादव, गणेश पौडेल, सरसफाई शाखा प्रमुख पुनम दाहाल, किरण न्यौपाने, नगर प्रहरीका प्रमुख राजन पौडेल, पशु सेवा विज्ञ केन्द्रका बडेलाल यादव, नापतौल कार्यालयका संजय यादवलगायतकाे टाेलीले अनुगमन गरेकाे थियाे ।
अनुगमनका क्रममा अधिकांश पसलले मूल्यसूची नराखेको र पसलभित्रको सरसफाई नगरेको भेटिएको हाे । माछा–मासु पसललाई अनुगमन टोलीले सात दिनभित्र सुधार गर्न निर्देशन दिएको छ ।
अनुगमन टाेलीले मासुको शुद्धता, पसलको दर्ता तथा नवीकरण, सरसफाई, ढक–तराजुलगायत हेरेको थियो ।
अनुगमनलाई महानगर क्षेत्रभित्र प्रभावकारी रुपमा सञ्चालित गरिने कृषि तथा पशुपंक्षी शाखा प्रमुख शुभनारायण यादवले जानकारी दिए । विराटनगर क्षेत्रभित्र करिब ३ सय मासु पसल सञ्चालनमा छन् । त्यसमध्ये करिब ५० प्रतिशत मात्रै महानगरमा दर्ता छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,443)
जीवन विकासले बोलायो साधारणसभा (2,413)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,371)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,355)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,225)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,159)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,583)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)