दसैंमा विराटनगरका मासु पसलमा महानगरको अनुगमन

Satya Sanchar सत्य सञ्चार

विराटगगर । विराटनगर बजारमा रहेका  माछा–मासु पसलको अनुगमन गर्दा सरसफाईमा ध्यान नदिएको भेटिएको छ ।

आज महानगरपालिकाका तर्फबाट राजस्व महाशाखा प्रमुख सरोज गौतम, आर्थिक विकास महाशाखाका संयोजक कृष्ण पोखरेल, कृषि तथा पशुपंक्षी शाखा प्रमुख शुभनारायण यादव, हिरालाल यादव, गणेश पौडेल, सरसफाई शाखा प्रमुख पुनम दाहाल, किरण न्यौपाने, नगर प्रहरीका प्रमुख राजन पौडेल, पशु सेवा विज्ञ केन्द्रका बडेलाल यादव, नापतौल कार्यालयका संजय यादवलगायतकाे टाेलीले अनुगमन गरेकाे थियाे ।

अनुगमनका क्रममा अधिकांश पसलले मूल्यसूची नराखेको र पसलभित्रको सरसफाई नगरेको भेटिएको  हाे । माछा–मासु पसललाई अनुगमन टोलीले सात दिनभित्र सुधार गर्न निर्देशन दिएको छ ।

अनुगमन टाेलीले  मासुको शुद्धता, पसलको दर्ता तथा नवीकरण, सरसफाई, ढक–तराजुलगायत हेरेको थियो ।

अनुगमनलाई महानगर क्षेत्रभित्र प्रभावकारी रुपमा सञ्चालित गरिने कृषि तथा पशुपंक्षी शाखा प्रमुख शुभनारायण यादवले जानकारी दिए । विराटनगर क्षेत्रभित्र करिब ३ सय मासु पसल सञ्चालनमा छन् । त्यसमध्ये करिब ५० प्रतिशत मात्रै महानगरमा दर्ता छन् ।

प्रकाशित मिति: सोमबार, २१ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.