कोशी प्रदेश : पूर्वाधारमा बाढी पहिरोको क्षति साढे चार अर्ब

Satya Sanchar सत्य सञ्चार

विराटनगर । गत असाेज ११ र १२ गते अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण कोशी प्रदेशकाे भाैतिक संरचनामा साढे चार अर्ब रुपैयाँ भन्दा बढी क्षति भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले ४ अर्ब ६३ करोड पचास लाख रुपैयाँ बराबरको क्षति भएको बताएको हो ।

बाढी पहिरोपछि प्रदेशले भौतिक क्षतिको विवरण संकलन गरेको थियो । प्रदेशका १४ जिल्लामा ४ अर्ब ६३ करोड ५० लाख रुपैयाँ बराबरको भौतिक पूर्वाधारमा क्षति भएको कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले  जानकारी दिए । उनका अनुसार आंशिक क्षति पुगेका पूर्वाधार निर्माण गर्न १ अर्ब २ करोड ५० लाख रुपैयाँ बजेट लाग्नेछ, पूर्ण क्षति भएका पूर्वाधार निर्माण गर्नका लागि ३ अर्ब ६१ करोड लाग्ने उनले बताए ।

आंशिक क्षति पुगेको पूर्वाधारलाई तत्कालै मर्मत गरी सञ्चालनको तयारी भइरहेको उनले बताए । उनका अनुसार तत्काल मर्मत गर्नुपर्ने अवस्थामा ६० वटा सडक, १५ वटा सडक पुल, १७ वटा झोलुङ्गे पुल छन् । चाडवाड मान्न यात्रा गर्ने सर्वसाधारणलाई आवत–जावतमा समस्या नहुने गरी व्यवस्थापनको काम थालिसकेको मन्त्री राईले बताए ।

प्रकाशित मिति: सोमबार, २१ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.