आफ्नै सरकारलाई कांग्रेस एमालेको पालैपालो ज्ञापन पत्र

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेश सरकारलाई बाढी पहिरो प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन माग गर्दै कांग्रेस–एमालेले पालैपालो ज्ञापन पत्र बुझाएका छन् ।

प्रदेशमा एमाले– कांग्रेस गठबन्धनको सरकार छ । आफ्नै सरकारलाई कांग्रेस र एमालेले मृतकको परिवारलाई राहत, प्रभावितलाई क्षतिपूर्ति र बाढी पहिरोका कारण अवरुद्ध सडक खुलाउनका लागि पालैपालो ज्ञापनपत्र बुझाएका हुन् ।

आइतबार नेपाली कांग्रेसले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापन पत्र बुझाएको हो । शनिबार एमालेले ज्ञापन पत्र बुझाएको थियो ।

कांग्रेस प्रदेश सभापति तथा संसदीय दलका नेता उद्धव थापाले मृतकलाई राहत, प्रभावितलाई तत्काल क्षतिपूर्ति र अवरुद्ध यातायात खुलाउन माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाए । नेकपा एमाले प्रदेश अध्यक्ष घनश्याम खतिवडा र प्रदेश इञ्चार्ज तथा पूर्व मुख्यमन्त्री शेरधन राईले पनि तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै ज्ञापन पत्र बुझाएका थिए । दुवै पार्टीले ज्ञापनपत्र बुझाउँदा मुख्यमन्त्रीले अन्य मन्त्रीलाई पनि कार्यकक्षमा बोलाएका थिए ।

प्रदेश सरकारले गत आइतबार नै प्राकृतिक प्रकोपमा ज्यान गुमाएकाहरुको परिवारलाई तत्काल जनही एक लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको थियो । ज्ञानपन पत्र बुझाउन आएका पार्टीका नेताहरुलाई मुख्यमन्त्री कार्कीले राहत वितरण गर्ने निर्णय भइसकेको र अवरुद्ध सडक खोल्ने प्रयास भइरहेको बताए । बाढीले अवरुद्ध भएका सडक खोल्ने र पुललगायतको मर्मत सम्भार र निर्माणलाई द्रुत गतिमा अघि बढाउने उनले बताए ।

‘नेपालीहरुको महान चाड पर्वहरुको शुरुवातको समयमा भएको यो विपतको घडीमा प्रदेश सरकारले तत्काल मृतकका परिवारलाई राहत, घाईतेलाई निःशुल्क स्वास्थ्य उपचार, बेपत्ताहरुको खोजी, विस्थापितहरुको पुर्नस्थापना, बालीनाली नष्ट भई विस्थापित भएकाहरुलाई आवश्यक राहत सरकारले उपलब्ध गराउनुपर्छ,’, कांग्रेसले भनेको छ ,‘मर्मत गरेर सञ्चालनमा आउन सक्ने झोलुरेपुलहरुको मर्मत, नयाँ झोलुङ्गे पुलको निर्माण, बेलीब्रिजको निर्माण, अवरुद्ध सडक र पुलको पुर्ननिर्माण गरी तत्काल आवतजावत सुचारु गर्न नेपाली कांग्रेस कोशी प्रदेश एवंम संसदीय दल प्रदेश सरकार समक्ष माग गर्दछ ।’

गत १०– १२ असोजसम्म परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी कोशी प्रदेशमा २० जनाको मृत्यु भएको थियो । ७ जना बेपत्ता छन् । ६ सय बढी परिवार विस्थापित भएका छन् । बाढी पहिरोका कारण ३४ वटा पुलमा क्षति पुगेको थियो । भौतिक पूर्वाधार तर्फ करिब १ अर्ब ११ करोड २० लाख बराबरको क्षति भएको अनुमान छ ।

प्रकाशित मिति: आइतबार, २० असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.