अझै खुलेन मेची राजमार्ग

Satya Sanchar सत्य सञ्चार
फाइल फाेटाे

विराटनगर । एक साताअघिको पहिरोले क्षतविक्षत भएको मेची राजमार्गको माईखोला–भन्ज्याङ खण्डमा पुनः पहिरो खसेको छ । सडक मर्मत गरेर यातायात खुलाउने प्रयास भइरहेका बेला पून पहिरो खसेपछि मर्मतसम्भारको काम रोकिएको छ ।

सडकका चारैतिर धाँजा फाटेर जोखिम बढेको छ । जोखिम बढेपछि जारी मर्मतसम्भारको काम शनिबार साँझदेखि रोकिएको हो ।

यो सडक अवरुद्ध भएसँगै झापाबाट इलाम, पाँचथर हुँदै ताप्लेजुङको सडक सञ्जाल टुटेको छ । सवारी नचलेपछि सर्वसाधारण स्वयंले वैकल्पिक व्यवस्था गर्नुपर्ने बाध्यता छ ।

माथिबाट लेदो खस्ने क्रम जारी भएकाले पहिरो पन्छाउन समस्या भएको सडक डिभिजन कार्यालय ईलामका प्रमुख पवन भट्टराईले जानकारी दिए ।

भित्तो बगेर आउने र सडक भासिने समस्या समाधान नहुँदा सडक सुचारु गर्न सकस भएको भट्टराईले बताए ।

असोज १२ गते आएको बाढीले मोटरेबल पुल बगाएको पाँचथरस्थित हेवा र फेमे खोलामा भने यात्रुको आवतजावतको लागि बाँसको फड्के हालिएको छ । बाढीले हेवा खोलाको बेलिब्रिज र फिदिम फालौट सडक खण्डमा फेमे खोलाको मोटरेबल पक्की पुल बगाएको थियो ।

हेवा खोलामा नेपाली सेनाले फलामका पोल, लट्ठा, ग्याबिन जाली, बाँस र ढुंगा प्रयोग गरेर मोटरसाइकल, स्कुटर र मान्छे तर्न मिल्ने फड्के बनाएको छ ।

प्रकाशित मिति: आइतबार, २० असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.