अझै खुलेन मेची राजमार्ग

Satya Sanchar सत्य सञ्चार
फाइल फाेटाे

विराटनगर । एक साताअघिको पहिरोले क्षतविक्षत भएको मेची राजमार्गको माईखोला–भन्ज्याङ खण्डमा पुनः पहिरो खसेको छ । सडक मर्मत गरेर यातायात खुलाउने प्रयास भइरहेका बेला पून पहिरो खसेपछि मर्मतसम्भारको काम रोकिएको छ ।

सडकका चारैतिर धाँजा फाटेर जोखिम बढेको छ । जोखिम बढेपछि जारी मर्मतसम्भारको काम शनिबार साँझदेखि रोकिएको हो ।

यो सडक अवरुद्ध भएसँगै झापाबाट इलाम, पाँचथर हुँदै ताप्लेजुङको सडक सञ्जाल टुटेको छ । सवारी नचलेपछि सर्वसाधारण स्वयंले वैकल्पिक व्यवस्था गर्नुपर्ने बाध्यता छ ।

माथिबाट लेदो खस्ने क्रम जारी भएकाले पहिरो पन्छाउन समस्या भएको सडक डिभिजन कार्यालय ईलामका प्रमुख पवन भट्टराईले जानकारी दिए ।

भित्तो बगेर आउने र सडक भासिने समस्या समाधान नहुँदा सडक सुचारु गर्न सकस भएको भट्टराईले बताए ।

असोज १२ गते आएको बाढीले मोटरेबल पुल बगाएको पाँचथरस्थित हेवा र फेमे खोलामा भने यात्रुको आवतजावतको लागि बाँसको फड्के हालिएको छ । बाढीले हेवा खोलाको बेलिब्रिज र फिदिम फालौट सडक खण्डमा फेमे खोलाको मोटरेबल पक्की पुल बगाएको थियो ।

हेवा खोलामा नेपाली सेनाले फलामका पोल, लट्ठा, ग्याबिन जाली, बाँस र ढुंगा प्रयोग गरेर मोटरसाइकल, स्कुटर र मान्छे तर्न मिल्ने फड्के बनाएको छ ।

प्रकाशित मिति: आइतबार, २० असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.