बाढीले क्षति पुर्याएका सडक तत्काल मर्मत गर्छाैं : मुख्यमन्त्री

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेशमा बाढी पहिरोले क्षति पुर्याएका सडक संरचना तत्काल मर्मत गरिने भएको छ ।

अविरल वर्षापछिको बाढी र पहिरोले क्षति पुर्याएका सडक, पुललगायत दसैंअघि मर्मत सम्भर गरिसक्ने गरी प्रदेश सरकार लागेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताए । तत्काल मर्मत सम्भार गरेर सडक र पुललाई प्रयोग योग्य बनाइने उनको भनाइ छ ।

मुख्यमन्त्री कार्कीलाई नेकपा (एमाले) कोशी प्रदेशका इन्चार्ज एवं पूर्वमुख्यमन्त्री शेरधन राई, प्रदेश समिति अध्यक्ष घनश्याम खतिवडा र सचिव राजकुमार भण्डारीले शनिबार ध्यानाकर्षण पत्र बुझाएका थिए । ध्यानाकर्षण पत्र बुझ्दै कार्कीले बाढी र पहिरोबाट पुगेको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको बताए ।

असोज १३ गते बसेको मन्त्रिपरिषदको बैठकले बाढी पहिरोबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ताहरुको उद्धार ,खोजी, घाइेतको निःशुल्क उपचार र राहत उपलब्ध गराउने निर्णय गरेको जानकारी कार्कीले दिए । क्षतिको पूर्ण विवरण संकलन गरेर दसैंअघि नै गर्नसक्ने मर्मत सम्भारमा ध्यान दिन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइसकिएको उनको भनाइ छ ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारप्रति जनताको विश्वास एवं अनुभूति जागृत गराउन सडक, पुललगायतको मर्मत सम्भार एवं निर्माणलाई द्रुत गतिमा अघि बढाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइसकिएको उल्लेख गरे । उनले नेपाल सरकार , विपद् प्राधिकरण र प्रदेश मन्त्रालयको सहकार्यमा आगामी १० दिनभित्र गर्नसक्ने कार्यका लागि प्रमुख सचिवलाई निर्देशन दिएको बताए ।

एमाले प्रदेश इन्चार्ज एवं पूर्वमुख्यमन्त्री राईले यस विपद्को घडीमा मृतकलाई तत्काल राहत, घाइतेहरुको निःशुल्क उपचार, बेपत्ताहरुको खोजी, विस्थापितहरुको पुनःस्थापना र बालीनालीको क्षतिपूर्ति उपलब्ध गराउन प्रदेश सरकारसमक्ष आग्रह गरेका छन् । राईले प्रदेशमा विशेष विपद् प्राधिकरण गठन गरी उद्धार ,राहत, पुनःस्थापना र पुर्ननिर्माण कार्य सुरु गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

एमाले प्रदेश अध्यक्ष घनश्याम खतिवडाले असोज ११ र १२ गतेको वर्षाका कारण जनधनको ठूलो क्षति भएको बताए । उनले राहतमा लाग्नका लागि सरकारको ध्यानाकर्षण गराइएको बताए ।

प्रकाशित मिति: आइतबार, २० असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.