राेकिएकाे छैन वर्षा

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । कोशी र बागमती प्रदेशका केही स्थानमा शुक्रबार बिहानैदेखि चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका १–२ स्थानमा दिउँसो हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका केही स्थानमा धेरै वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका १–२ स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । धेरै वर्षाको सम्भावना रहेका ठाउँमा कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्नसक्ने पूर्वानुमान छ ।

वर्षा धेरै हुने स्थानमा गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोपको जोखिम रहेको जनाइएको छ । सम्भावित क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ ।

देशभर मनसुनी वायुको प्रभाव कायमै छ। महाशाखाले दक्षिण–पश्चिम बंगलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको पूर्वी र मध्य भागमा रहेको उल्लेख गरेको छ ।

प्रभावका कारण कोशी र बागमती प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जनाइएको छ । राति देशभर आंशिकदेखि साधरणतया बदली रहने छ ।

प्रकाशित मिति: शुक्रबार, १८ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.