काठमाडौं । कोशी र बागमती प्रदेशका केही स्थानमा शुक्रबार बिहानैदेखि चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका १–२ स्थानमा दिउँसो हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका केही स्थानमा धेरै वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।
राति कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका १–२ स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । धेरै वर्षाको सम्भावना रहेका ठाउँमा कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्नसक्ने पूर्वानुमान छ ।
वर्षा धेरै हुने स्थानमा गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोपको जोखिम रहेको जनाइएको छ । सम्भावित क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ ।
देशभर मनसुनी वायुको प्रभाव कायमै छ। महाशाखाले दक्षिण–पश्चिम बंगलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको पूर्वी र मध्य भागमा रहेको उल्लेख गरेको छ ।
प्रभावका कारण कोशी र बागमती प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जनाइएको छ । राति देशभर आंशिकदेखि साधरणतया बदली रहने छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,447)
जीवन विकासले बोलायो साधारणसभा (2,415)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,376)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,359)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,227)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,161)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,583)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,121)