ट्रकको ठक्करबाट विराटनगरमा एक जनाको मृत्यु

Satya Sanchar सत्य सञ्चार

विराटनगर । ट्रकको ठक्करबाट विराटनगरमा एक जनाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–१८ स्थित आइसीपी नजिकै ट्रकले ठक्कर दिदा सोही स्थानका ६० वर्षीय श्याम साहको मृत्यु भएको हो ।

विराटनगरबाट आइसीपीतर्फ जाँदै गरेको ना ४ ख २४८३ नम्बरको ट्रकले सोही दिशातर्फ साइकलमा जाँदै गरेका साहलाई बिहीबार राति पौने ७ बजेतिर ठक्कर दिँदा घाइते भएका थिए । उनलाई उपचारका लागि विराट नर्सिङ होम लगिएको थियो ।

साहलाई अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । घटनापछि ट्रक चालक फरार छन् ।

प्रकाशित मिति: बिहिबार, १७ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.