दुई छोरीको हत्या अभियोगमा पक्राउ परेकी आमा कारागार चलान

Satya Sanchar सत्य सञ्चार

विराटनगर । दुई नाबालक छोरीको हत्या आरोपमा पक्राउ परेकी महिला कारागार चलान भएकी छन् ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा विष खुवाएर नाबालिका २ छोरीको हत्या गरेको अभियोगमा पक्राउ परेकी २१ वर्षीया अस्मिता पौडेल (कार्की) जिल्ला अदालत मोरङका न्यायाधीश पारसमणि पोखरेलको इजलासको आदेशपछि कारागार चलान भएकी हुन् ।

अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार मंगलबार अस्मितालाई थुनामा पठाउन आदेश भएको हो । विष खुवाएर नाबालिका २ छोरीको हत्या गरेको आरोपमा प्रहरीले १९ भदौमा उनलाई झापाको बिर्तामोडबाट पक्राउ गरेको थियो ।

निर्माणाधीन घरमा पानी नलगाएको विषयमा श्रीमान अर्जुन कार्कीसँग विवाद भएपछि १४ भदौमा छोरीहरु १ वर्षीया आइङ्का र ३ वर्षीया अर्पणा कार्कीलाई लिएर उनी घरबाट हिडेकी थिइन् । भोलिपल्ट सुन्दरहरैँचा–७ का नारायण न्यौपानेको केरा बगानमा दुई छोरी मृत अवस्थामा फेला परेका थिए । अनुसन्धानका क्रममा विष खुवाएर उनीहरुको हत्या गरेको देखिएको थियो ।

प्रकाशित मिति: बिहिबार, १७ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.