विराटनगर । क्रसरले बनाएको खाल्डोमा डुबेर मोरङमा दाजुभाइको मृत्यु भएको छ ।
मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार केराबारी गाउँपालिका–८ मा रहेको कृष्ण क्रसरले बनाएको खाल्डोमा डुबेर सोही स्थानका तोयानाथ चौलागाईंका छोरा ६ वर्षीय रामचरण र १० वर्षीय भूपेनको मृत्यु भएको हो ।
क्रसर उद्योगको परिसरबाट केहीदिनअघि ढुंगागिटी निकाल्दा खाल्डो बनेको थियो । सो खाल्डो नपुर्दा दुई बालकको मृत्यु भएको स्थानीयले बताएका छन् ।
प्रहरीका अनुसार रामचरणको शव साढे ३ बजे पोखरीमा फेला परेको थियो । उनका दाजु भूपेन बेपत्ता थिए, खाल्डोमा खोजी गर्ने क्रममा साँझ भूपेनको पनि शव फेला परेको थियो ।
सुरुमा फेला परेको शवलाई प्रहरीले पोष्टमार्टमका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ । पछि खोजी गर्ने क्रममा फेला परेको दाजुको शव भने स्थानीयले अवरोध गरेका थिए । स्थानीय प्रशासनले घटनाको छानविन गर्ने बताएपछि खाल्डोबाट शव निकाल्न स्थानीय सहमत भएका थिए ।
मोरङका प्रहरी उपरीक्षक कार्कीका अनुसार पौडी खेल्ने क्रममा बालकको मृत्यु भएजस्तो देखिन्छ । ‘उनीहरु कतिबेला खाल्डोमा पसे भन्ने खुलेको छैन, तर पौडी खेल्न गएजस्तो देखिन्छ,’ उनले भने,‘ थप अनुसन्धान भइरहेको छ ।’
उनका अनुसार बालकका बुबा सोही क्रसरमा मजदुरी गर्छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,443)
जीवन विकासले बोलायो साधारणसभा (2,413)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,371)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,355)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,225)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,159)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,583)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)