मोरङमा क्रसरले बनाएकाे खाल्डोमा डुबेर दाजुभाइको मृत्यु

Satya Sanchar सत्य सञ्चार

विराटनगर । क्रसरले बनाएको खाल्डोमा डुबेर मोरङमा दाजुभाइको मृत्यु भएको छ ।

मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार केराबारी गाउँपालिका–८ मा रहेको कृष्ण क्रसरले बनाएको खाल्डोमा डुबेर सोही स्थानका तोयानाथ चौलागाईंका छोरा ६ वर्षीय रामचरण र १० वर्षीय भूपेनको मृत्यु भएको हो ।

क्रसर उद्योगको परिसरबाट केहीदिनअघि ढुंगागिटी निकाल्दा खाल्डो बनेको थियो । सो खाल्डो नपुर्दा दुई बालकको मृत्यु भएको स्थानीयले बताएका छन् ।

 प्रहरीका अनुसार रामचरणको शव साढे ३ बजे पोखरीमा फेला परेको थियो । उनका दाजु भूपेन बेपत्ता थिए, खाल्डोमा खोजी गर्ने क्रममा साँझ भूपेनको पनि शव फेला परेको थियो ।

सुरुमा फेला परेको शवलाई प्रहरीले पोष्टमार्टमका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ । पछि खोजी गर्ने क्रममा फेला परेको दाजुको शव भने स्थानीयले अवरोध गरेका थिए । स्थानीय प्रशासनले घटनाको छानविन गर्ने बताएपछि खाल्डोबाट शव निकाल्न स्थानीय सहमत भएका थिए ।

मोरङका प्रहरी उपरीक्षक कार्कीका अनुसार पौडी खेल्ने क्रममा बालकको मृत्यु भएजस्तो देखिन्छ । ‘उनीहरु कतिबेला खाल्डोमा पसे भन्ने खुलेको छैन, तर पौडी खेल्न गएजस्तो देखिन्छ,’ उनले भने,‘ थप अनुसन्धान भइरहेको छ ।’

उनका अनुसार बालकका बुबा सोही क्रसरमा मजदुरी गर्छन् ।

प्रकाशित मिति: बिहिबार, १७ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.