विराटनगर । नेपालले त्रिकोणात्मक टी– २० आई सिरिजमा ओमानमाथि ५६ रनको सहजत जित निकालेको छ । यो जितसँगै नेपालको उपाधि जित्ने सम्भावना कायमै राखेको छ ।
१५८ रनको लक्ष्य पछ्याएको ओमान १७.५ ओभरमा १०१ रनमा अल आउट भएको थियो । ओमानका जिशान मकसुदले ३५ र अकिब इलियासले २२ रन बनाए ।
नेपालका कुशल भुर्तेलले ३, रिजन ढकाल, रोहित पौडेल र सन्दीप लामिछानेले २–२ विकेट लिए ।
त्यसअघि किंग सिटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १५७ रन बनाएको थियो । नेपालको जितमा कप्तान रोहित पौडेलले ४४ बलमा २ चौका र ४ छक्कासहित ५६ रनको अविजित अर्धशतकीय इनिङ खेले, ओपनर अनिल साह ११, आसिफ शेख १६, देव खनाल १८, दीपेन्द्रसिंह ऐरी १, गुल्सन झा २ र कुशल भुर्तेल ११ रनमा आउट भए ।
नेपाल पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो । दोस्रो खेलमा ओमानलाई ३७ रनले पराजित गरेको थियो भने, तेस्रो खेलमा क्यानडासँग ४ विकेटले पराजित भएको थियो ।
४ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ नेटरनरेटका कारण नेपाल शीर्ष स्थानमा छ । क्यानडा ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ ।
ओमान १ मा जित र २ मा हारसहित २ अंकका साथ पुछारमा छ । बिहीबार ओमान र क्यानडाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलमा ओमान विजयी भएमा नेटरनरेटका कारण नेपाल च्याम्पियन बन्ने समिकरण देखिन्छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)