बेलबारीमा सवारी दुर्घटना हुँदा एक जनाकाे मृत्यु

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको बेलबारीमा बस र बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मंगलबार साँझ पूर्वपश्चिम राजमार्गको बेलबारी नगरपालिका– ३ खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख १४९० नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बोलेरो एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा परी बोलेरो चालक मोरङ बाहुनीका ३६ वर्षीय कृष्ण थापाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि नोबेल शिक्षण अस्पताल विराटनगरमा भर्ना गरिएको थियो । अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको माेरङ प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मङ्गलबार, १५ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.