बेलबारीमा सवारी दुर्घटना हुँदा एक जनाकाे मृत्यु

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको बेलबारीमा बस र बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मंगलबार साँझ पूर्वपश्चिम राजमार्गको बेलबारी नगरपालिका– ३ खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख १४९० नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बोलेरो एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा परी बोलेरो चालक मोरङ बाहुनीका ३६ वर्षीय कृष्ण थापाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि नोबेल शिक्षण अस्पताल विराटनगरमा भर्ना गरिएको थियो । अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको माेरङ प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मङ्गलबार, १५ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.