वर्षा गराउन सक्ने बादल नेपालनजिक, कोशी प्रदेशमा भोलि र पर्सि झरीकाे सम्भावना

Satya Sanchar सत्य सञ्चार

काठमाडौँ । कोशी प्रदेशमा भोलि बुधबारदेखि वर्षाको सम्भावना बढेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले भोलि बुधबार र बिहीबार लगातार झरी पर्ने सम्भावना छ । जसको धेरै असर कोशी प्रदेशमा हुनेछ ।

वर्षा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । बागमती र गण्डकीमा सामान्य वर्षाको सम्भावना छ ।

असोज १० देखि १२ गतेसम्म लगातार परेको झरीले भिजेको जमिन सक्न नपाउँदै पुन झरी पर्ने भएकाले कमजोर पहाडी जमिनमा पहिरो जान सक्छ । झरीको समयमा यात्रा गर्दा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको नियमित बुलेटिनमा आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रकाशित मिति: मङ्गलबार, १५ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.