बाढीले बगाएकाे उदयपुर र खाेटाङ जाेड्ने सुनकाेशीकाे पुल विराटनगर । अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख प्रकट गर्दै सरकारले आजबाट ३ दिनका लागि राष्ट्रिय शोकको घोषणा गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले मंगलबारदेखि ३ दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो ।
गत असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण भएको जनधनको अपूरणीय क्षतिप्रति नेपाल सरकारको तर्फबाट दुःख प्रकट गर्दै राष्ट्रिय शोक घोषणा गर्ने र ३ दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउने नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकबाट निर्णय भएकोले सोही अनुसार गर्न गराउन यो सूचना प्रकाशन गरिएको छ,’ गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जारी गरेको सूचनामा भनिएको छ।
दुई दिनको लगातारको वर्षापछि उत्पन्न बाढी-पहिरोबाट हालसम्म २०९ जनाको मृत्यु भएको छ भने २९ जना बेपत्ता छन् ।
सरकार बेपत्ता र मृत्यु भएको परिवारलाई तत्काल दुई लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,670)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)