बाढी पहिरोमा मृत्यु हुनेको संख्या दुई सय नजिक, ३१ जना बेपत्ता

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेपालमा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १ सय ९३ पुगेको छ ।

बिहीबार, शुक्रबार र शनिबारको अविरल वर्षापछि आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १९३ पुगेको हो । नेपाल प्रहरीका अनुसार ३१ जना बेपत्ता रहेका छन् ।

घाइतेको सङ्ख्या ९६ पुगेको छ । ३ हजार ७०५ जनाभन्दा बढीको उद्धार गरिएको छ ।

अविरल वर्षाका आएको बाढी र पहिरोका कारण अवरुद्ध रहेको सडक खुलाउने प्रयास भइरहेको प्रहरीले बताएको छ ।

लामो यात्रामा निस्कनुभन्दा पहिला नजिक वा सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति: सोमबार, १४ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.