बाढी पहिरोमा मृत्यु हुनेको संख्या दुई सय नजिक, ३१ जना बेपत्ता

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेपालमा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १ सय ९३ पुगेको छ ।

बिहीबार, शुक्रबार र शनिबारको अविरल वर्षापछि आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १९३ पुगेको हो । नेपाल प्रहरीका अनुसार ३१ जना बेपत्ता रहेका छन् ।

घाइतेको सङ्ख्या ९६ पुगेको छ । ३ हजार ७०५ जनाभन्दा बढीको उद्धार गरिएको छ ।

अविरल वर्षाका आएको बाढी र पहिरोका कारण अवरुद्ध रहेको सडक खुलाउने प्रयास भइरहेको प्रहरीले बताएको छ ।

लामो यात्रामा निस्कनुभन्दा पहिला नजिक वा सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति: सोमबार, १४ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.