बाढीले बगाएकाे उदयपुर र खाेटाङ जाेड्ने सुनकाेशीकाे पुल विराटनगर। अविरल वर्षासँगै आएको बाढी,पहिरोका कारण कोशी प्रदेशमा १८ जनाको मृत्यु भएको छ । सात जना बेपत्ता छन् । बाढी पहिरोका कारण पाँचथरमा ५, सोलुखुम्बुमा ५, धनकुटामा २, उदयपुरमा १, झापामा २ र इलाममा १ जनाको मृत्यु भएको कोशी प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीम दाहालले बताए ।
धनकुटस्थित तमोर नदीमा दुई जनाको शव भेटिएको छ । तर, उनीहरुको पहिचान खुलेको छैन ।
बाढी पहिरोमा परेर पाँचथरमा ५, झापामा १ र मोरङमा १ जना बेपत्ता भएको र उनीहरुको खोजी जारी छ। बाढी पहिरोका कारण ६४ वटा पशुचौपाया मरेका छन् । १९ वटा पक्की घर भत्किएको छ, ५८ वटा घरमा आंशिक क्षति पुगेको छ । ५४२ परिवार विस्थापित भएका छन् ।
सडकमा क्षति
बाढी र पहिरोका कारण तराइका जिल्ला जोड्ने सडक र पुलमा क्षति पुगेको छ । प्रहरीका अनुसार मेची राजमार्गमा पाँचथर र ताप्लेजुङसँगको सडक सम्पर्क टुटेको छ । फिदिम नगरपालिका– ४ र हिलिहाङ गाउँपालिका ७ जोड्ने हेवाखोलाको पुल बाढीले बगाएका कारण ताप्लेजुङसँगको सडक सम्पर्क टुटेको हो । शनिबार बाढीले मेची राजमार्गको बेलिब्रिज बगाएको थियो ।
बाढीले उदयपुरसँग खोटाङ जोड्ने सडक पनि अवरुद्ध भएको छ । सुनकोशी नदीले पक्कीपुल बगाउँदा उदयपुर र खोटाङको सडक सम्पर्क पनि विच्छेद भएको हो । उदयपुरको रौतामाई नगरपालिका– ५ र खोटाङको खेटेहाङ गाउँपालिका– ७ जोडने पक्की पुल सुनकोशीले शनिबार बगाएको थियो। सिद्धचरणलोक मार्ग अन्तरगतको ठाउँठाउँमा पहिरो गएका कारण सडक अवरुद्ध भएको छ ।
प्रहरीका अनुसार झापामा २, इलाममा ६, पाँचथरमा १०, ताप्लेजुङमा १, मोरङमा १, सुनसरीमा ४, धनकुटामा ७, तेह्रथुममा ५, संखुवासभामा १, उदयपुरमा ५, खोटाङमा १०, ओखलढुंगामा २ र सोलुखुम्बुमा ५ स्थानमा सडक अवरुद्ध भएको छ । प्रदेशमा बाढीले १४ वटा झोलुङ्गे पुल, ९ वटा पक्की पुल र ३ वटा काठेपुलमा क्षति पुर्याएको प्रदेश प्रहरी कार्यालय कोशीले जनाएको छ ।
सरकारले तत्काल राहत दिने
बाढी, पहिरोमा ज्यान गुमाएकाहरुको परिवारलाई कोशी प्रदेश सरकारले तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
प्रदेश विपत् कार्यकारी समितिको आइतबार बसेको बैठकले प्राकृतिक प्रकोपमा ज्यान गुमाएकाहरुको परिवारलाई तत्काल जनही एक लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता विश्वदीप बेश्राले जानकारी दिए ।
प्रदेश सरकारले पूर्ण क्षति भएका घरहरूको लागि ५० हजार, आंशिक क्षति भएका घरहरूको लागि ३० हजार र सामान्य क्षति भएका घरहरूका लागि १५ हजार रुपैयाँ उपलब्ध गराउने गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयको सिफारिस बमोजिम राहत उपलब्ध गराउने उनले बताए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,449)
जीवन विकासले बोलायो साधारणसभा (2,415)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,376)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,361)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,229)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,165)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,584)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,123)