ओमानमाथि नेपालकाे सहज जित

Satya Sanchar सत्य सञ्चार

विराटनगर । क्यानडामा जारी त्रिकोणात्मक टी– २० आई सिरिजमा नेपालले ओमानलाई ३७ रनले पराजित गरेको छ । क्यानडाको ओन्टेरियामा भएको खेलमा ओमानमाथि ३७ रनको जित निकालेको हो । क्यानडा भ्रमणमा नेपालको यो पहिलो जित हो । यसअघि ओडिआई सिरिजका सबै खेलमा नेपाल पराजति भएको थियो ।

नेपालले दिएको १७७ रनको लक्ष्य पछ्याएको ओमान १९.१ ओभरमा १३९ रनमा अलआउट भयो। ओमानका शोएब खानले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४५ रन बनाए ।

नेपालका करण केसीले ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । गुलशन झाले २.१ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । कुशल भुर्तेलले २, रिजन ढकाल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले १–१ विकेट लिए ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको थियो । नेपालको जितमा तल्लोक्रममा गुलशन झाले १७ बलमा ३ चौका र ३ छक्कासहित ४० रनको अविजित इनिङ खेलेका थिए ।
दीपेन्द्रसिंह ऐरी ५ बलमा २ छक्का र १ चौकासहित १८ रनमा नट आउट रहे ।

आसिफ शेख २२ बलमा १ चौका र २ छक्का तथा अनिल साहले २१ बलमा ३ चौका र १ छक्कासहित २७–२७ रन बनाए । देव खनाल र कप्तान रोहित पौडेल २–२ रनमा आउट भए ।

कुशल मल्ल २६ बलमा २ चौका र २ छक्कासहित ३० तथा कुशल भुर्तेल १७ बलमा १ चौका र १ छक्कासहित २० रनमा आउट भए । नेपाल त्रिकोणात्मक टी–२० सिरिजमा पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित भएको थियो । नेपालले मंगलबार क्यानडा र बुधबार ओमानसँग खेल्नेछ ।

प्रकाशित मिति: सोमबार, १४ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.