विपद्काे क्षति बारे प्रदेश प्रमुख समक्ष मुख्यमन्त्री ब्रिफिङ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेशका विभिन्न स्थानमा गएको बाढी, पहिरो र डुबानका विषयमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङलाई जानकारी गराएका छन् ।

विपद्का कारण पुगेको क्षतिका बारेमा कार्कीले प्रदेश प्रमुख खापुङलाई आइतबार जानकारी गराएका हुन् । वर्षाका कारण भएको विपद् सम्बन्धी घटनाहरु र विपद् व्यवस्थापनका सम्बन्धमा प्रदेश सरकारले गरेका पहलकदमी तथा मन्त्रिपरिषद्ले सम्पादन गरेका कामकारबाहीका सम्बन्धमा कार्कीले प्रत्यक्ष भेटेर खापुङलाई जानकारी गराएका हुन् ।

मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई समय–समयमा प्रदेश सरकारका गतिविधि जानकारी गराउनुपर्ने संवैधानिक व्यवस्था छ । मुख्यमन्त्री कार्कीले शनिबार कोशी ब्यारेज तथा बराहक्षेत्रको स्थलगत निरीक्षण गरेका थिए ।

सोही क्रममा कोशी प्रदेशमा राहत, पुनःस्थापना र उद्धारका लागि ३ वटै सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशनसमेत दिए । उद्धार, राहत र पुनःस्थापनाका लागि प्रदेश सरकारले संघीय सरकार र स्थानीय सरकारसँग समन्वय गरेर अघि बढिरहेको मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख खापुङलाई जानकारी गराएका छन् ।

प्रकाशित मिति: आइतबार, १३ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.