विपद्काे क्षति बारे प्रदेश प्रमुख समक्ष मुख्यमन्त्री ब्रिफिङ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेशका विभिन्न स्थानमा गएको बाढी, पहिरो र डुबानका विषयमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङलाई जानकारी गराएका छन् ।

विपद्का कारण पुगेको क्षतिका बारेमा कार्कीले प्रदेश प्रमुख खापुङलाई आइतबार जानकारी गराएका हुन् । वर्षाका कारण भएको विपद् सम्बन्धी घटनाहरु र विपद् व्यवस्थापनका सम्बन्धमा प्रदेश सरकारले गरेका पहलकदमी तथा मन्त्रिपरिषद्ले सम्पादन गरेका कामकारबाहीका सम्बन्धमा कार्कीले प्रत्यक्ष भेटेर खापुङलाई जानकारी गराएका हुन् ।

मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई समय–समयमा प्रदेश सरकारका गतिविधि जानकारी गराउनुपर्ने संवैधानिक व्यवस्था छ । मुख्यमन्त्री कार्कीले शनिबार कोशी ब्यारेज तथा बराहक्षेत्रको स्थलगत निरीक्षण गरेका थिए ।

सोही क्रममा कोशी प्रदेशमा राहत, पुनःस्थापना र उद्धारका लागि ३ वटै सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशनसमेत दिए । उद्धार, राहत र पुनःस्थापनाका लागि प्रदेश सरकारले संघीय सरकार र स्थानीय सरकारसँग समन्वय गरेर अघि बढिरहेको मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख खापुङलाई जानकारी गराएका छन् ।

प्रकाशित मिति: आइतबार, १३ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.