काठमाडौँ । माेफसल र काठमाडौँ जोड्ने पृथ्वी राजमार्गको धादिङको झ्याप्लेखोलामा खण्डमा पहिरोमा परेको ३ वटा गाडीमा ३० जनाको शव फेला परेको छ । प्रहरीले पहिराे पन्छाउने प्रयास गरिररहेकाे छ । यो संख्या अझै बढ्न सक्ने प्रहरीले बताएको छ ।
सशस्त्र प्रहरी बल, नेपालका अनुसार उक्त पहिरोमा एउटा बस र दुइटा माइक्रोबस पुरिएको अवस्थामा भेटिएको थियो ।
शनिबार दुई वटा गाडी भेटिएको थियो । आइतबार बिहान चितवनबाट काठमाडौंका लागि आएको माइक्रोबस पनि फेला परेको छ । बस भित्रबाट १३ जनाको शव निकालिएको छ ।
सशस्त्र प्रहरी बल, नेपालका सह–प्रवक्ता शैलेन्द्र थापाका अनुसार चितवनबाट काठमाडौं आउँदै गरेको बा ३ ज १३४५ नम्बरको माइक्रो बस पहिरोमा पुरिएको हो । उक्त माइक्रो बसबाट ४ महिला र ९ पुरुषको शव निकालिएको छ । पहिरोमा अन्य गाडीहरू पनि पुरिएको आशंकामा खोजी कार्य जारी रहेको उनले बताए ।
पहिरोमा गोरखाबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस र बुटवलबाट काठमाडौं आइरहेको लु १ ज ४५७८ नम्बरको माइक्रोबस पनि परेको छ । बुटवलबाट आउँदै गरेको बसमा १४ जना र गोरखाबाट आउदै गरेको बसबाट तीन जनाको शव निकालिएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,449)
जीवन विकासले बोलायो साधारणसभा (2,415)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,376)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,361)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,229)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,165)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,584)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,123)