झ्याप्लेखोला पहिरो : तीन गाडी भित्र भेटियो ३० यात्रुको शव

Satya Sanchar सत्य सञ्चार

काठमाडौँ ।  माेफसल र काठमाडौँ जोड्ने पृथ्वी राजमार्गको धादिङको झ्याप्लेखोलामा खण्डमा पहिरोमा परेको ३ वटा गाडीमा ३० जनाको शव फेला परेको छ । प्रहरीले पहिराे पन्छाउने प्रयास गरिररहेकाे छ । यो संख्या अझै बढ्न सक्ने प्रहरीले बताएको छ ।

सशस्त्र प्रहरी बल, नेपालका अनुसार उक्त पहिरोमा एउटा बस र दुइटा माइक्रोबस पुरिएको अवस्थामा भेटिएको थियो ।

शनिबार दुई वटा गाडी भेटिएको थियो । आइतबार बिहान चितवनबाट काठमाडौंका लागि आएको माइक्रोबस पनि फेला परेको छ । बस भित्रबाट १३ जनाको शव निकालिएको छ ।

सशस्त्र प्रहरी बल, नेपालका सह–प्रवक्ता शैलेन्द्र थापाका अनुसार चितवनबाट काठमाडौं आउँदै गरेको बा ३ ज १३४५ नम्बरको माइक्रो बस पहिरोमा पुरिएको हो । उक्त माइक्रो बसबाट ४ महिला र ९ पुरुषको शव निकालिएको छ । पहिरोमा अन्य गाडीहरू पनि पुरिएको आशंकामा खोजी कार्य जारी रहेको उनले बताए ।

पहिरोमा गोरखाबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस र बुटवलबाट काठमाडौं आइरहेको लु १ ज ४५७८ नम्बरको माइक्रोबस पनि परेको छ । बुटवलबाट आउँदै गरेको बसमा १४ जना र गोरखाबाट आउदै गरेको बसबाट तीन जनाको शव निकालिएको छ ।

प्रकाशित मिति: आइतबार, १३ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.