बाढीको रेकर्ड बनाएर घट्न थाल्यो कोशी 

Satya Sanchar सत्य सञ्चार

विराटनगर । सप्तकोशी नदीमा आएको बाढी घट्न थालेको छ । ५६ वर्षयता कै उच्च बढी आएको कोशीको पानी आइतबार बिहानबाट घट्न थालेको हो ।

आइतबार बिहान कोशी ब्यारेजमा बाढीको बहाव ६ लाख ६१ हजार ०५ क्युसेक मापन भएको थियो । त्यसपछि निरन्तर घट्न थालेको हो । कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार साढे ११ बजे ५ लाख ८२ हजार क्युसेक मापन भएको छ ।

कोशीमा मापन भएको ६ लाख ६१ हजार क्युसेक बहाव १९६८ अक्टोबरयताको धेरै हो । १९६८ अक्टोबर ५ मा कोशीमा ७ लाख ८८ हजार २ सय क्युसेक बहाव मापन भएको थियो ।त्यसपछि आज बिहान मापन भएको हो ।

उच्च बहावका कारण ४८ घण्टायता कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएका छन् । ब्यारेजको पुलबाट अत्यावश्यक सवारी साधनबाहेक बाहेकलाई आवतजावतमा रोक लगाइएको छ ।

कोशी नदीमा लेदोसहितको बाढी अत्याधिक छ । सन् १९६२ मा बनेको कोशी ब्यारेजमा ९ लाख ५० हजार क्युसेक पानीको बहाव थेग्नसक्ने क्षमता छ । तर यो बिचमा ब्यारेजमाथिको भाग बालुवाले पुरिएका कारण सो क्षमतामा बहाव थेग्न सक्ने अवस्था छैन ।

प्रकाशित मिति: आइतबार, १३ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.