बाढीको रेकर्ड बनाएर घट्न थाल्यो कोशी 

Satya Sanchar सत्य सञ्चार

विराटनगर । सप्तकोशी नदीमा आएको बाढी घट्न थालेको छ । ५६ वर्षयता कै उच्च बढी आएको कोशीको पानी आइतबार बिहानबाट घट्न थालेको हो ।

आइतबार बिहान कोशी ब्यारेजमा बाढीको बहाव ६ लाख ६१ हजार ०५ क्युसेक मापन भएको थियो । त्यसपछि निरन्तर घट्न थालेको हो । कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार साढे ११ बजे ५ लाख ८२ हजार क्युसेक मापन भएको छ ।

कोशीमा मापन भएको ६ लाख ६१ हजार क्युसेक बहाव १९६८ अक्टोबरयताको धेरै हो । १९६८ अक्टोबर ५ मा कोशीमा ७ लाख ८८ हजार २ सय क्युसेक बहाव मापन भएको थियो ।त्यसपछि आज बिहान मापन भएको हो ।

उच्च बहावका कारण ४८ घण्टायता कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएका छन् । ब्यारेजको पुलबाट अत्यावश्यक सवारी साधनबाहेक बाहेकलाई आवतजावतमा रोक लगाइएको छ ।

कोशी नदीमा लेदोसहितको बाढी अत्याधिक छ । सन् १९६२ मा बनेको कोशी ब्यारेजमा ९ लाख ५० हजार क्युसेक पानीको बहाव थेग्नसक्ने क्षमता छ । तर यो बिचमा ब्यारेजमाथिको भाग बालुवाले पुरिएका कारण सो क्षमतामा बहाव थेग्न सक्ने अवस्था छैन ।

प्रकाशित मिति: आइतबार, १३ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.