सरकार र प्रतिपक्षीले बोलाए छुट्टाछुट्टै सर्वदलीय बैठक

Satya Sanchar सत्य सञ्चार

विराटनगर । अविरल वर्षापछि आएको बाढी, पहिरो, डुवानले देशभर ठूलो क्षति गरेपछि सरकार र प्रमुख प्रतिपक्षी दलले सर्वदलीय बैठक बोलाइएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अविरल वर्षा, बाढी, पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न बिहान १० बजे सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा सर्वदलीय बैठक आह्वान गरेका छन् ।

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक बोलाएका छन् ।

अविरल वर्षापछिको बाढीपहिरो एवं विपद्, उद्धार, धनजनको क्षति र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेको सरकार र प्रतिपक्षी दलले बताएको छ ।

प्रकाशित मिति: आइतबार, १३ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.