काेशी नदीमा ५६ वर्षायताकै उच्च बाढी, जलसतह खतराकाे तहभन्दा ११.२६ मिटरमाथि

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी ब्यारेजमा सप्तकोशी नदीको बहाव ५६ वर्षयताकै धेरै मापन भएको छ ।

आज बिहान ३ बजे ६ लाख ४३ हजार पाँच सय ४० क्युसेक मापन भएको थियो । यो सन् १९६८ अक्टोबर ५ तारिखको मापन पछिको धेरै हो ।

१९६८ अक्टोबर ५ मा कोशीमा ७ लाख ८८ हजार दुई सय क्युसेक मापन भएको थियो । त्यसपछि सबैभन्दा धेरै आज बिहान ६ लाख ४३ हजार क्युसेक मापन भएको हो ।

कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार कोशीको जलसतह खतरा तहभन्दा ११.२६ मिटरमाथि पुगिसकेको छ ।

सप्तकोशी नदी जलसतह खतरा तहभन्दा माथि पुगेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तरीका बाढीबाट कटान हुन सक्ने क्षेत्र तथा डुबान हुने होचा भूभागमा नबस्न र उच्च सतर्कताका साथ सुरक्षित स्थानमा जान सप्तकोशी चतरा जलमापन केन्द्रले सूचना जारी गरेको छ ।

पानीको बहाव बढ्दै गएपछि कोशी ब्यारेजको सबै ५६ ढोका खोलिएको छ । सवारी आवागमनमा रोक लगाइएको छ । ब्यारेजमा पुलमाथिबाट पानी बगिरहेको छ ।

लगातार पानीको बहाव बढ्दै गएपछि कोशी ब्यारेज भएर मानिस र सवारीसाधनलाई अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि आवागमन बन्द गरिएको सुनसरीका प्रहरी प्रमुख विपिन रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, १३ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.