विराटनगर । कोशी ब्यारेजमा सप्तकोशी नदीको बहाव ५६ वर्षयताकै धेरै मापन भएको छ ।
आज बिहान ३ बजे ६ लाख ४३ हजार पाँच सय ४० क्युसेक मापन भएको थियो । यो सन् १९६८ अक्टोबर ५ तारिखको मापन पछिको धेरै हो ।
१९६८ अक्टोबर ५ मा कोशीमा ७ लाख ८८ हजार दुई सय क्युसेक मापन भएको थियो । त्यसपछि सबैभन्दा धेरै आज बिहान ६ लाख ४३ हजार क्युसेक मापन भएको हो ।
कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार कोशीको जलसतह खतरा तहभन्दा ११.२६ मिटरमाथि पुगिसकेको छ ।
सप्तकोशी नदी जलसतह खतरा तहभन्दा माथि पुगेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तरीका बाढीबाट कटान हुन सक्ने क्षेत्र तथा डुबान हुने होचा भूभागमा नबस्न र उच्च सतर्कताका साथ सुरक्षित स्थानमा जान सप्तकोशी चतरा जलमापन केन्द्रले सूचना जारी गरेको छ ।
पानीको बहाव बढ्दै गएपछि कोशी ब्यारेजको सबै ५६ ढोका खोलिएको छ । सवारी आवागमनमा रोक लगाइएको छ । ब्यारेजमा पुलमाथिबाट पानी बगिरहेको छ ।
लगातार पानीको बहाव बढ्दै गएपछि कोशी ब्यारेज भएर मानिस र सवारीसाधनलाई अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि आवागमन बन्द गरिएको सुनसरीका प्रहरी प्रमुख विपिन रेग्मीले जानकारी दिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,449)
जीवन विकासले बोलायो साधारणसभा (2,415)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,376)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,361)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,229)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,165)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,584)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,123)