कोशी ब्यारेजमा बाढीकाे मापन साढे चार लाख क्यूसेक, साढे ६ लाख कट्ने अनुमान

Satya Sanchar सत्य सञ्चार

विराटनगर । सप्तकाेशी नदीमा पानीकाे बहाव उच्च भएपछि कोशी ब्यारेजका सबै ढोका खाेलिएकाे छ । अविरल वर्षाका कारण नदीको बहाव उच्च भएपछि ब्यारेजका  ५६ वटै ढोका खुला गरिएको हो ।

सप्तकोशी नदीको बहाव शनिबार ४ लाख ४९ हजार ६ सय ८० क्यूसेक मापद भएको छ । यो खतराको तह भन्दा माथि हो । ब्यारेजको नियन्त्रण भारतीय पक्षले गर्छ, बहाव उच्च भएपछि भारतीय पक्षले सबै ढोका खुला गरेको हो ।

भारतीय पक्षले ६ लाख ८१ हजार ६३९ क्युसेक पुग्ने खतरा रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । बहाव उच्च भएपछि सुनसरी र सप्तरीमा स्थानीय प्रशासनले सतर्कता अपनाएका छन् ।

बाढीको जोखिम निरन्तर बढ्दो क्रममा रहेकाले सतर्कता अपनाइएको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीले बताए । उनका अनुसार बाढीमा दाउरा निकाल्न र माछा मार्न रोक लगाइएको छ । भारतीय पक्षले पानीको बहाव उच्च हुने आकलन गरेपछि सतर्कता अपनाइएको उनले बताए ।

कोशीमा बहाव उच्च भएपछि भारतको पटनास्थीत जल संसाधन विभागका प्रधान सचिव सन्तोषले सूचना जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेका छन् ।

उनले जारी गरेको पत्रमा आज बाढीको मापद ६ लाख ८१ हजार ६३९ क्युसेक पुग्नसक्ने अनुमान छ । बहाव उच्च हुँदा डुबानको जोखिम हुने भएकाले कोशी नदीसँग जोडिएका भारतको सुपौल, सहरसा, मधेपुरा, मधुवनी दरभंगा र खगडिया जिल्लाको कोशी नदी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको हो ।

प्रकाशित मिति: शनिबार, १२ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.