अविरल वर्षासँगै पहिरो : धनकुटा र पाँचथरमा पाँच जनाको मृत्यु, चार जना बेपत्ता

Satya Sanchar सत्य सञ्चार
फाइल फाेटाे

विराटनगर । अविरल वर्षासँगै खसेको पहिरोले घर पुरिँदा धनकुटा र पाँचथरमा पाँच जनाको मृत्यु भएको छ । चार जना बेपत्ता भएका छन् ।

धनुकटामा पहिरोले पुरिएर आमाछोरीको मृत्यु भएको हो । पाँचथरको एक स्थानमा आमाछोरी र एक स्थानमा एक पुरुषको मृत्यु भएको कोशी प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीम दाहालले बताए ।

पाँचथरको फिदिम नगरपालिका– १ साँगेबोटेमा पहिरो घर पुरिँदा एक जनाको मृत्यु भएको छ । चार जना बेपत्ता भएका छन् । पहिरोमा परी फिदिम नगरपालिका– १ कात्तिके घर भइ फुरुङ्गा हाइड्रो पावरमा काम गर्ने ५० वर्षीय गोपी विश्वकर्माको मृत्यु भएको छ । फिदिम १ बस्ने ५० वर्षीय कृष्ण दास, ४० वर्षीया कमला दास, ५५ वर्षीय धनकुमार तुम्बापो, २१ वर्षीय सरस्वता तुम्बापो बेपत्ता भएका छन् । पहिरोमा परी दुई जना घाइते छन् ।

प्रहरीका अनुसार मृतक र बेपत्ता फुरुङ्गा हाइड्रो पावरमा काम गर्ने कर्मचारी हुन् । उनीहरु स्थानीय राजकुमार नेम्बाङको घर भाडामा लिएर बस्दै आएका थिए । बिहान करिब ५ बजे खसेको पहिरोले घरमा रहेको पशुचौपाया पनि पुरेको छ ।

पाँचथरको फिदिम नगरपालिका–४ चिसापानीमा पहिरोले घर पुरिँदा २४ वर्षीया सपना शेर्पा र उनकी ५ वर्षीया छोरी डोल्मा शेर्पाको मृत्यु भएको छ । प्रहरीका अनुसार फिदिम–१२ घर भएका आमाछोरी चिसापानीमा डेरा बस्दै आएका थिए ।

धनकुटाको पाख्रिबास नगरपालिका– ५ आज बिहानको करिब ३ बजे खसेको पहिरोले घर पुरिँदा स्थानीय ५० वर्षीया रामकुमारी तामाङ र ३२ वर्षीया आशा तामाङको मृत्यु भएको हो । उनीहरु आमा छोरी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: शनिबार, १२ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.