मोरङमा बाढी अपडेट : बस्तीमा पस्याे बाढी, सय परिवार विस्थापित

Satya Sanchar सत्य सञ्चार

विराटनगर । अविरल वर्षासँगै आएको बाढी र डुवानका कारण मोरङ जिल्लामा एक सय बढी परिवार विस्थापित भएका छन् ।

विराटनगर, कटहरी, रंगेली, धनपालथान र जहदामा एक सय बढी परिवार विस्थापित भएका हुन् । प्रहरीको रेकर्डमा भने ९४ परिवार विस्थापित भएको उल्लेख छ ।

रंगेलीमा ४१ परिवार विस्थापित भएका छन् । रंगेली नगरपालिका–२ लक्ष्मीपुरका १६ परिवार विस्थापित भएका छन् । उनीहरुलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ । रंगेली नगरपालिका– ९ मा डाँस खोलाको बाढी खोलाधार टोलमा पसेपछि २२ परिवार विस्थापित भएका छन् । विराटनगर महानगरपालिका–२ र कटहरी गाउँपालिका १ का केही परिवार विस्थापित भएका छन् ।

सिंघिया खोलामा आएको बाढीका कारण विराटनगर – २ का ३ परिवार आफन्तको घरमा सरेका छन् । कटहरी– १ बख्खु टोलका ४ परिवार विस्थापित भएका छन् । उनीहरुलाई नारी विकास संघको भवनमा राखिएको छ । सिंघियाकै बाढीका कारण जहदा गाउँपालिका १ धुनी टोल सरबरीया बस्तीमा २५ घर डुबानमा परेका छन् । उनीहरूलाई पनि सुरक्षित स्थानमा सारिएको छ ।

धनपालथान गाउँपालिका–३ बेतौना टोलका २४ परिवार विस्थापित भएका छन् । मंगलबारे नहरमा पानीको बहाव बढेर बाढी गाउँमा छिरेपछि उनीहरु विस्थापित भएको प्रहरीले जनाएको छ ।

विराटनगरको दक्षिणपश्चिम क्षेत्रका केही बस्ती पनि डुबानमा परेका छन् । केशलिया खोलामा आएको बाढी र परेको पानी निकास नहुँदा बस्ती डुबानमा परेको हो । प्रदेश सांसद तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीका अनुसार केशलिया खोलामा आएको बाढी बस्तीमा पसेको हो । बाढीका कारण केही परिवार विस्थापित भएका छन् ।

प्रकाशित मिति: शनिबार, १२ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.