फाइल फाेटाे विराटनगर । अविरल वर्षासँगै आएको बाढीमा परी झापामा दुई जना बेपत्ता भएका छन् । कमल गाउँपालिका र कचनकवल गाउँपालिकामा एक–एक जनालाई बगाएको हो । प्रहरीका अनुसार बाढीले एउटा पुल र एउटा मोटरसाइकल पनि बगाएको छ ।
शुक्रबार दिउँसो कचनकवल गाउँपालिका –१ स्थित चमर भीत्ताबाट झकुवा टोल आउँदै गरेकी १४ वर्षीया नेहारिका राजवंशीलाई जमुवा खोलाले बगाएको हो । बाढीमा बेपत्ता भएकी बालिकाको खोजी भइरहेको प्रहरीले बताएको छ ।
झापाको कमल गाउँपालिका– १ का ३५ वर्षीय टिकाराम चौधरी कृष्ने खोलामा बेपत्ता भएका छन् । माछा मार्ने क्रममा उनी बेपत्ता भएको प्रहरीले बताएको छ ।
कचनकवल– २ मा अमरखुट्टा खोला तर्ने क्रममा प्रदेश १–०२–०५ प ६९७८ नम्बरको मोटरसाइकल खोलाले बगाएको प्रहरीले बताएको छ । चालक सोही स्थानका २७ वर्षीय रबिन भट्टराईको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।
बाढीले अर्जुनधारा नगरपालिका– ७ मा बिरिङ खोलामा रहेको खुदुनाबारी–शनिश्वरे जोड्ने मोटरेवल पुलमा क्षति पुगेको छ । कचनकवल – १ मा अदुवा खोलामा रहेको काठको पुल पनि बाढीले बगाएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,449)
जीवन विकासले बोलायो साधारणसभा (2,415)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,376)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,361)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,229)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,165)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,584)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,123)