२०८२लाई पर्यटन वर्ष मनाउने प्रदेश सरकारकाे घाेषणा 

Satya Sanchar सत्य सञ्चार

विराटनगर । आगामी वर्ष २०८२ लाई काेशी प्रदेश सरकारले ‘पर्यटन वर्ष’ घाेषणा गरेकाे छ । रमणीय काेशी भन्ने नाराका साथ आगामी वर्ष २०८२ लाई काेशी पर्यटन वर्ष घाेषण गरेकाे हाे ।

पर्यटन वर्षका लागि सरकारले ८२ का लागि ८२ पर्यटकीय गन्त्ब्यकाे सूची पनि तयार गरेकाे छ ।

सेप्टेम्बर २७ अर्थात विश्व पर्यटन दिवसको अवसरमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ घोषणा गरे ।

नेपालकै होचो क्षेत्र झापाको केचनाकबलदेखि विश्वको सर्वोच्च शिखर सगरमाथा काेशी प्रदेशमा पर्छ । विश्वका १० अग्ला हिमालमध्ये ५ वटा हिमाल पनि कोशी प्रदेशमै छन् ।

मुख्यमन्त्री कार्कीले चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा  ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ लाई प्राथमिकतामा राखेका थिए ।

सरकारले पर्यटन वर्षका लागि १० कराेड बजेट विनियोजन गरेकाे छ ।

पर्यटन पूर्वाधार र अन्य पर्यटन सम्बन्धि शीर्षकमा एक अर्ब सात कराेड बजेट विनियोजन भएको पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले जानकारी दिए । ८२ सालका लागि ८२ स्थान छनाेट गरिएको उनलेे बताए ।

प्रकाशित मिति: शुक्रबार, ११ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.