२०८२लाई पर्यटन वर्ष मनाउने प्रदेश सरकारकाे घाेषणा 

Satya Sanchar सत्य सञ्चार

विराटनगर । आगामी वर्ष २०८२ लाई काेशी प्रदेश सरकारले ‘पर्यटन वर्ष’ घाेषणा गरेकाे छ । रमणीय काेशी भन्ने नाराका साथ आगामी वर्ष २०८२ लाई काेशी पर्यटन वर्ष घाेषण गरेकाे हाे ।

पर्यटन वर्षका लागि सरकारले ८२ का लागि ८२ पर्यटकीय गन्त्ब्यकाे सूची पनि तयार गरेकाे छ ।

सेप्टेम्बर २७ अर्थात विश्व पर्यटन दिवसको अवसरमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ घोषणा गरे ।

नेपालकै होचो क्षेत्र झापाको केचनाकबलदेखि विश्वको सर्वोच्च शिखर सगरमाथा काेशी प्रदेशमा पर्छ । विश्वका १० अग्ला हिमालमध्ये ५ वटा हिमाल पनि कोशी प्रदेशमै छन् ।

मुख्यमन्त्री कार्कीले चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा  ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ लाई प्राथमिकतामा राखेका थिए ।

सरकारले पर्यटन वर्षका लागि १० कराेड बजेट विनियोजन गरेकाे छ ।

पर्यटन पूर्वाधार र अन्य पर्यटन सम्बन्धि शीर्षकमा एक अर्ब सात कराेड बजेट विनियोजन भएको पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले जानकारी दिए । ८२ सालका लागि ८२ स्थान छनाेट गरिएको उनलेे बताए ।

प्रकाशित मिति: शुक्रबार, ११ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.