राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधन : संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने चरणमा छौँ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउने बताएका छन् । स‌युक्त राष्ट्रसंघको ७९ औँ महासभामा नेपालका तर्फबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पीडितलाई न्याय दिएर टुंगोमा पुर्याउने बताएका हुन् ।

‘द्वन्द्वबाट उदाएको राष्ट्रका रूपमा नेपालले शान्ति र राजनीतिक स्थिरताको गहिरो मूल्य बुझेको छ। बृहत् शान्ति सम्झौताको लामो समयपछि अब हामी शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने चरणमा छौँ,’ उनले भने,‘मेरो सरकार गठन भएलगत्तै संसदले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्‌बाट पारित भएर कार्यान्वयनमा गएको छ । अब सत्य र न्यायसहित पीडितको अधिकारलाई कायम गर्दै कानुन कार्यान्वयन गरेर यसलाई टुंगोमा पुर्‍याउनेछौँ ।’

संक्रमणकालपछि द्वन्द्वबाट अघि बढेर शान्ति प्रक्रियालाई पूरा गर्ने चरणमा रहेको भन्दै उनले सहयोगका लागि राष्ट्रसंघसहित विश्व समुदायलाई धन्यवाद ज्ञापन गरे ।

उनले हाल दुई ठूला राजनीतिक दलको सहकार्यमा सरकार बनेको भन्दै यो सरकारले समावेशी र आर्थिक रुपान्तरणको अभियानमा स्थायित्व कायम गर्ने प्रयास गरिरहेको जानकारी गराए ।

प्रकाशित मिति: शुक्रबार, ११ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.