विराटनगर । कोशी ब्यारेजबाट नदीमा खसेको बसका सबै यात्रुको उद्दार भएको छ ।
विराटनगरबाट यात्रु लिएर उदयपुरको गाईघाटतर्फ जाँदै गरेको को १ ख ४६०१ नम्बरको बस सुनसरी र सप्तरीको सिमानामा रहेको ३५ नम्बर ढोकाबाट नदीमा खसेको थियो । बस खसेको स्थान सप्तरीमा पर्छ । सप्तरी प्रहरीका प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेका अनुसार बसका सबै यात्रुकाे उद्दार गरिएकाे छ । प्रहरी सवारी चालकलाई पनि नियन्त्रणमा लिएकाे छ ।
सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिका–१ स्थित कोशी ब्यारेजको पुलबाट बस आफैं अनियन्त्रित भएर साँझ ६ः१० बजेतिर नदीमा खसेको थियो । सुनसरी प्रहरी प्रमुख विपिन रेग्मीका अनुसार कोशी ब्यारेजको पुलबाट खसेको बसका २० जना यात्रुको उद्धार गरी उपचारका लागि पठाइएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,443)
जीवन विकासले बोलायो साधारणसभा (2,413)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,373)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,355)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,227)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,161)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,583)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,121)