दशैंमा जुवातास खेल्ने सोचमा हुनुहुन्छ ? यस्तो छ कानुनी प्रावधान

Satya Sanchar सत्य सञ्चार

विराटनगर । समाजमा दशै‌ं तिहार छठलगायत चाडपर्वमा आफन्त र साथीभाइ भेला भएर जुवातास खेल्ने चलन छ । रमाइलाेका लागि खेलिने जुवातासलाई समाजले स्वीकार गरेपनि नेपालकाे कानुनले भने बर्जित गरेको छ ।

मुलुकी अपराध संहिता २०७४ ले जुवा र जुवाजन्य खेललाई अपराध मानेकाे छ ।  ऐनमा तासको बारेमा व्याख्या नभएपनि तासलाई पनि जुवा जन्य खेल नै मानिन्छ । कसैले जुवातास खेलेको भेटिए  कानुनी कारवाही हुन्छ ।

मुलुकी अपराध संहिता २०७४ को दफा १२५ मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ ।

दोस्रो पटक खेल्नेलाई एक वर्षसम्म कैद र ५० हजार जरिवाना हुने प्रावधान छ । पटकेका लागि भने एक वर्षको कैदमा पट्कै पिच्छे तीन महिना कैद र १० हजार रुपैयाँ जरिवाना थप हुने प्रावधान छ ।

‘जुवा भन्नाले कुनै संयोगको आधारमा कुनै किसिमको चल वा अचल सम्पत्ति वा प्रतिफल पाउने वा गुमाउने वा हार्ने वा जित्ने गरी बाजी थापी खेल्ने कुनै किसिमको खेल वा प्रक्रिया सम्झनु पर्छ,’ जुवालाई परिभाषित गर्ने ऐनमा लेखिएको छ,‘ सो शब्दले आफूले जुवा नखेली अरुको हार वा जितमा आफूले कुनै चल अचल सम्पत्ति वा प्रतिफल पाउने वा गुमाउने गरी थापेको बाजी वा च्याँखेलाई समेत जनाउँछ ।’

ऐनले सार्वजनिक महोत्सव, मेला, पर्व, चाड, प्रदर्शनी वा समारोहमा मनोरञ्जनका लागि सानोतिनो चल सम्पत्ति पाउने वा गुमाउने गरी नेपाल सरकारको स्वीकृति लिई सञ्चालन हुने खेललाई भने जुवा मानेको छैन ।

यस्तो छ कानुनी व्यवस्था

दफा १२५. जुवा खेल्न वा सट्टाबाजी गर्नु नहुनेः (१) कसैले जुवा खेल्नु वा खेलाउनु हुँदैन ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिमको सजायहुनेछ ।

(क) पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा तीसहजार रुपैयाँसम्म जरिबाना ।

(ख) दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना र त्यसपछिको कसूरमा पटकै पिच्छे थप तीन महिनासम्म कैद र दश हजार रुपैयाँसम्म जरिबाना ।

स्पष्टीकरण  : यस संहिताको प्रयोजनको लागि :

(१) “जुवा” भन्नाले कुनै संयोगको आधारमा कुनै किसिमको चल वा अचल सम्पत्ति वा प्रतिफल पाउने वा गुमाउने वा हार्ने वा जित्ने गरी बाजी थापी खेल्ने कुनै किसिमको खेल वा प्रक्रिया सम्झनु पर्छ र सो शब्दले आफूले जुवा नखेली अरुको हार वा जितमा आफूले कुनै चल अचल सम्पत्ति वा प्रतिफल पाउने वा गुमाउने गरी थापेको बाजी वा च्याँखेलाई समेत जनाउँछ । तर देहायको कुनै खेल वा कार्यक्रमलाई जुवामानिने छैन :

(क) कुनै सार्वजनिक महोत्सव, मेला, पर्व, चाड, प्रदर्शनी वा समारोहमा मनोरञ्जनका लागि कुनै सानोतिनो चल सम्पत्ति पाउने वा गुमाउने गरी नेपाल सरकारको स्वीकृति लिई सञ्चालन हुने खेल ।

(ख) अधिकार प्राप्त अधिकारीको स्वीकृति लिई सञ्चालन भएको चिठ्ठा ।

(२) “जुवा खेलाउने” भन्नाले आफ्नो हक, भोग, चलन, स्वामित्व वा जिम्मामा रहेको घर, कोठा, ठाउँ वा सवारी साधन जानीजानी उपलब्ध गराई वा जुवा खेल्नको लागि कुनै किसिमको साधन उपलब्ध गराई जुवा खेलाउने व्यक्ति सम्झनु पर्छ ।

उपदफा (३) जुवा खेल्न प्रयोग भएको साधन र जुवाबाट प्राप्त सम्पूर्ण चल अचल सम्पत्ति जफत हुनेछ । तर जुवा खेलेको घर, कोठा, ठाउँ वा सवारी साधन जफत हुने छैन ।

प्रकाशित मिति: बिहिबार, १० असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.