प्रदेशको योजना आयोगका दुई सदस्यले दिए राजीनामा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेश योजना आयोगका दुई सदस्यले पदमबाट राजीनामा दिएका छन् ।

आयोगको सदस्य सुनसरीको धरानका भवानी बराल र विराटनगरकी नमिता न्यौपानेले पदबाट राजीनामा दिएका हुन् । दुवै जना नेकपा (माओवादी केन्द्र)को कोटाबाट आयोगको सदस्य बनेका थिए ।

कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को २०८१ जेठ २८ गतेको बैठकले बराल र न्यौपानेले आयोगको सदस्यमा नियुक्त गरेको थियो ।

राजनीतिक नियुक्ति लिएका उनीहरुले माओवादी सत्ता बाहिर पुगेपछि प्रदेश योजना आयोगका अध्यक्षसमेत रहेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई संयुक्त रूपमा राजीनामा बुझाएका हुन् ।

प्रकाशित मिति: बिहिबार, १० असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.