विराटनगर । नेपालमा मनसुन सक्रिय भएपछि जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले ५६ जिल्लामा रेड अलर्ट (उच्च जोखिमको सम्भावना) जारी गरेको छ । भिषण वर्षाको सम्भावना रहेका कारण ५६ जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको हो ।
महाशाखाका अनुसार बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त वायु तथा त्यस क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको प्रभावका कारण नेपालमा भारीदेखि उच्च भारीसम्म वर्षा हुने प्रक्षेपण छ ।
कोशी, मधेश, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ । यी प्रदेशका केही स्थानहरुमा धेरै भारी वर्षा पनि हुन सक्ने अनुमान छ ।
आज असोज १० गते दिउँसोदेखि असोज १३ गते आइतबारसम्म देशभर सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । शहरी तथा तराई क्षेत्रहरूमा डुबान हुनसक्ने सम्भावना छ । मौसमविदले उच्च सतर्कता अपनाउँदै पूर्व तयारी गर्न पनि आग्रह गरेका छन् ।

सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,449)
जीवन विकासले बोलायो साधारणसभा (2,415)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,376)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,361)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,229)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,165)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,584)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,123)