चार दिन भारी वर्षाको सम्भावना, ५६ जिल्ला उच्च जोखिममा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेपालमा मनसुन सक्रिय भएपछि जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले ५६ जिल्लामा रेड अलर्ट (उच्च जोखिमको सम्भावना) जारी गरेको छ । भिषण वर्षाको सम्भावना रहेका कारण ५६ जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको हो ।

महाशाखाका अनुसार बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त वायु तथा त्यस क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको प्रभावका कारण नेपालमा भारीदेखि उच्च भारीसम्म वर्षा हुने प्रक्षेपण छ ।

कोशी, मधेश, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ । यी प्रदेशका केही स्थानहरुमा धेरै भारी वर्षा पनि हुन सक्ने अनुमान छ ।

आज असोज १० गते दिउँसोदेखि असोज १३ गते आइतबारसम्म देशभर सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । शहरी तथा तराई क्षेत्रहरूमा डुबान हुनसक्ने सम्भावना छ । मौसमविदले उच्च सतर्कता अपनाउँदै पूर्व तयारी गर्न पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति: बिहिबार, १० असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.