विराटनगरकाे भब्या इन्टरनेशनलमा आगलागी हुँदा डेढ करोडको क्षति

Satya Sanchar सत्य सञ्चार

९ असोज, विराटनगर । विराटनगर महानगरपालिका–२ मुनालपथमा रहेको इलेक्ट्रिक सो–रुममा आगलागी हुँदा डेढ करोड बराबरको क्षति भएको छ ।

बुधबार दिउँसो भब्या इन्टरनेशनल इलेक्ट्रिक सो–रुममा आगलागी हुँदा डेढ करोड बराबरको क्षति भएको प्रहरीले बताएको हो ।

विद्युतीय २ पांग्रे सवारीसाधनको सो–रुममा दिउँसो २ः४० बजेतिरबाट आगलागी भएको थियो । एक घण्टापछि दमकल, स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए ।

आगलागीमा इलेक्ट्रिक साइकल ८० वटा, इन्भटर ६०, ब्याट्री २ सय, ल्यापटप २, कम्प्युटर २, एसी १, प्रिन्टर १ वटा, फर्निचर, स्पेयर पाट्र्स, सीसी टिभीलगायतका सामान जलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।
आगलागीको कारण खुलेको छैन । भब्या इन्टरनेशनल संचालक मनिष वंशलले आगलागीबाट सो–रुम ध्वस्त भएको जानकारी दिए । उनले आगलागीमा डेढ करोडभन्दा बढीको क्षति भएको जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, ०९ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.