९ असोज, विराटनगर । विराटनगर महानगरपालिका–२ मुनालपथमा रहेको इलेक्ट्रिक सो–रुममा आगलागी हुँदा डेढ करोड बराबरको क्षति भएको छ ।
बुधबार दिउँसो भब्या इन्टरनेशनल इलेक्ट्रिक सो–रुममा आगलागी हुँदा डेढ करोड बराबरको क्षति भएको प्रहरीले बताएको हो ।
विद्युतीय २ पांग्रे सवारीसाधनको सो–रुममा दिउँसो २ः४० बजेतिरबाट आगलागी भएको थियो । एक घण्टापछि दमकल, स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए ।
आगलागीमा इलेक्ट्रिक साइकल ८० वटा, इन्भटर ६०, ब्याट्री २ सय, ल्यापटप २, कम्प्युटर २, एसी १, प्रिन्टर १ वटा, फर्निचर, स्पेयर पाट्र्स, सीसी टिभीलगायतका सामान जलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।
आगलागीको कारण खुलेको छैन । भब्या इन्टरनेशनल संचालक मनिष वंशलले आगलागीबाट सो–रुम ध्वस्त भएको जानकारी दिए । उनले आगलागीमा डेढ करोडभन्दा बढीको क्षति भएको जानकारी दिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,449)
जीवन विकासले बोलायो साधारणसभा (2,415)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,376)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,361)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,229)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,165)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,584)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,123)