सुनसरी । सुनसरीको इटहरीस्थित यातायात व्यवस्था कार्यालयबाट नक्कली चिकित्सकसहित १७ जना बिचौलिया बुधबार पक्राउ परेका छन् ।
कार्यालयमा सेवाग्राहीलाई बिचौलियाले दुःख दिने तथा अनियमित कार्यहरु गर्ने, गराउने गरेको भन्ने गुनासोका आधारमा सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी नेतृत्वको टोलीले अनुगमन गरेको थियो । अनुगमनका क्रममा यातायात व्यवस्था कार्यालय (सवारी) तथा यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमती पत्र)बाट बिचौलिया पक्राउ परेका हुन् ।
कार्यालयहरुको स्थलगत अनुगमन गर्दा नक्कली डाक्टर (आफूलाई डाक्टर भनि चिनाउने) व्यक्तिसहित १७ जना बिचौलियालाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलका अनुसार पक्राउ परेकाहरुमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको छ ।
प्रहरी परिचालन गरेर बिचौलियालाई पक्राउ गरिएको फुयाँलले बताए । पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,449)
जीवन विकासले बोलायो साधारणसभा (2,415)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,376)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,361)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,229)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,165)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,584)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,123)