यातायात कार्यालय इटहरीबाट नक्कली डाक्टरसहित १७ जना पक्राउ

Satya Sanchar सत्य सञ्चार

सुनसरी । सुनसरीको इटहरीस्थित यातायात व्यवस्था कार्यालयबाट नक्कली चिकित्सकसहित १७ जना बिचौलिया बुधबार पक्राउ परेका छन् ।

कार्यालयमा सेवाग्राहीलाई बिचौलियाले दुःख दिने तथा अनियमित कार्यहरु गर्ने, गराउने गरेको भन्ने गुनासोका आधारमा सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी नेतृत्वको टोलीले अनुगमन गरेको थियो । अनुगमनका क्रममा यातायात व्यवस्था कार्यालय (सवारी) तथा यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमती पत्र)बाट बिचौलिया पक्राउ परेका हुन् ।

कार्यालयहरुको स्थलगत अनुगमन गर्दा नक्कली डाक्टर (आफूलाई डाक्टर भनि चिनाउने) व्यक्तिसहित १७ जना बिचौलियालाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलका अनुसार पक्राउ परेकाहरुमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको छ ।

प्रहरी परिचालन गरेर बिचौलियालाई पक्राउ गरिएको फुयाँलले बताए । पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ ।

प्रकाशित मिति: बुधबार, ०९ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.