विराटनगरकाे मुनालपथकाे पसलमा आगलागी

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगर महानगरपालिका–२ मुनालपथमा आगलागी भएको छ ।

इलेक्ट्रिक साइकल र सीटी सफारी बिक्री गरिने पसलमा दिउँसो करिब २ बजेतिर आगलागी भएको हो ।

बिजुलीबाट चल्ने साइकल तथा सफारी बिक्री गरिँदै आएको भाबिया इन्टरनेशनलमा आगलागी भएको प्रहरीले जनाएको छ ।

भाबिया इन्टरनेशनलसँगै बजाजको सो–रुम पनि छ । आगोले इलेक्ट्रिक पसल पूर्णरूपले जलेको छ । सो–रुममा पनि क्षति पुगेको छ । दमकलको सहयोगमा प्रहरी र स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् ।

प्रकाशित मिति: बुधबार, ०९ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.