जंगली च्याउ खादा मोरङमा चार जना विरामी

Satya Sanchar सत्य सञ्चार

विराटनगर । जंगली च्याउ खाँदा मोरङको बूढीगंगा गाउँपालिका–६ औलानपुरमा २ नाबालिकासहित ४ जना बिरामी परेका छन् ।

विषालु च्याउ खाँएर बिरामी परेकाहरुलाई उपचारका लागि मंगलबार राति विराट शिक्षण अस्पताल भर्ना गरिएको छ ।

च्याउ खाँदा बूढीगंगा–६ का २९ वर्षीय इन्द्रकुमार लिम्बू, उनका ८ र ७ वर्षका छोरीहरु तथा छिमेकी ३८ वर्षीया सीता लिम्बू बिरामी परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, ०९ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.