चट्याङ लागेर मोरङमा एक जनाको मृत्यु

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको मिक्लाजुङमा चट्याङले लागेर मृत्यु भएको छ । चट्याङ लागेर झापाको दमक नगरपालिका–४ का ३६ वर्षीय कुमार मोतेको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । मोते घर बनाउने मिस्त्री हुन् ।

प्रहरीका अनुसार मिक्लाजुङ गाउँपालिका–३ तेह्रथुमे टोल बस्ने भक्तबहादुर नेपालीको घर बनाउन भनेर उनी आएका थिए । नेपाली र मोते नातामा सोल्टी पर्छन् ।

नेपालीको घरको भान्सा कोठाअगाडि उभिएको अवस्थामा राति १० बजेतिर परेको चट्याङले लागेर उनी बेहोस भइ ढलेका थिए । घाइते अवस्थाका मोतेलाई उपचारका लागि दमक अस्पताल लगिएको थियो ।

अस्पताल पुर्याउनसाथ उनलाई चिकित्सकले मृत घोषित गरेको डीएसपी बस्नेतले बताए । घटनाको अनुसन्धान भइरहेको जानकारी उनले दिए ।

प्रकाशित मिति: बुधबार, ०९ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.