विराटनगर । मोरङको मिक्लाजुङमा चट्याङले लागेर मृत्यु भएको छ । चट्याङ लागेर झापाको दमक नगरपालिका–४ का ३६ वर्षीय कुमार मोतेको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । मोते घर बनाउने मिस्त्री हुन् ।
प्रहरीका अनुसार मिक्लाजुङ गाउँपालिका–३ तेह्रथुमे टोल बस्ने भक्तबहादुर नेपालीको घर बनाउन भनेर उनी आएका थिए । नेपाली र मोते नातामा सोल्टी पर्छन् ।
नेपालीको घरको भान्सा कोठाअगाडि उभिएको अवस्थामा राति १० बजेतिर परेको चट्याङले लागेर उनी बेहोस भइ ढलेका थिए । घाइते अवस्थाका मोतेलाई उपचारका लागि दमक अस्पताल लगिएको थियो ।
अस्पताल पुर्याउनसाथ उनलाई चिकित्सकले मृत घोषित गरेको डीएसपी बस्नेतले बताए । घटनाको अनुसन्धान भइरहेको जानकारी उनले दिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,445)
जीवन विकासले बोलायो साधारणसभा (2,415)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,375)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,359)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,227)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,161)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,583)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,121)