सडक किनारका रुख नकाट्न रतुवामाईलाई अदालतको आदेश

Satya Sanchar सत्य सञ्चार

विराटनगर । उच्च अदालत विराटनगरले मोरङको रतुवामाई नगरपालिकालाई रुख काट्न रोक लगाएको छ ।

सडक विस्तारको नाममा रुख नकाट्न रतुवामाई नगरपालिकाको नाममा उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

रतुवामाई नगरपालिकाले सडक किनारमा रहेका रुख भदौ ३० गतेबाट काट्न सुरु गर्ने भन्दै भदौ २८ गते सूचना जारी गरेको थियो । पालिकाले जारी गरेको सूचना रोक्न र बोटविरुवाको संरक्षणको माग गर्दै अधिवक्ताद्वय विनोदमणि भट्टराई र लबन न्यौपानेले रिट दायर गरेका थिए ।

सोही रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश केशवप्रसाद बास्तोलाको इजलासले रुख नकाट्न नगरपालिकाको नाममा मंगलबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

रिट निवेदकले माग गरेको अन्तरिम आदेशको सन्दर्भमा छलफल गर्न दुवै पक्षलाई असोज १४ गते उपस्थित हुन पनि उच्च अदालतले आदेश दिएको छ ।

प्रकाशित मिति: बुधबार, ०९ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.