विराटनगर । उच्च अदालत विराटनगरले मोरङको रतुवामाई नगरपालिकालाई रुख काट्न रोक लगाएको छ ।
सडक विस्तारको नाममा रुख नकाट्न रतुवामाई नगरपालिकाको नाममा उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
रतुवामाई नगरपालिकाले सडक किनारमा रहेका रुख भदौ ३० गतेबाट काट्न सुरु गर्ने भन्दै भदौ २८ गते सूचना जारी गरेको थियो । पालिकाले जारी गरेको सूचना रोक्न र बोटविरुवाको संरक्षणको माग गर्दै अधिवक्ताद्वय विनोदमणि भट्टराई र लबन न्यौपानेले रिट दायर गरेका थिए ।
सोही रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश केशवप्रसाद बास्तोलाको इजलासले रुख नकाट्न नगरपालिकाको नाममा मंगलबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
रिट निवेदकले माग गरेको अन्तरिम आदेशको सन्दर्भमा छलफल गर्न दुवै पक्षलाई असोज १४ गते उपस्थित हुन पनि उच्च अदालतले आदेश दिएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,443)
जीवन विकासले बोलायो साधारणसभा (2,413)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,373)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,355)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,225)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,159)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,583)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,121)