ओरालो यात्रामा नेप्से, २४७० विन्दुमा रोकियो कारोबार

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । सेयर बजार बुधबार पनि घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा ५८‍.९३ अंक घटेको हो । बुधबार २४७० मा विन्दुमा पुगेर कारोबार रोकिएको छ । 

आज १० कम्पनीको मूल्य बढ्दा २३३ को घट्यो  । सबै क्षेत्रका सूचक घटेको  छ ।

 फाइनान्स सबैभन्दा धेरै ४.६ प्रतिशत, बैंकिङ २.००, विकास बैंक ३.०३, होटल तथा पर्यटन २.६६, हाइड्रोपावर २.८०, लगानी २.९८, उत्पादन १.९५, माइक्रोफाइनान्स २.३८, निर्जीवन बीमा १.३९, अन्य २.७९ र व्यापार २.०७ प्रतिशत घटेको हो ।

 आज ५ अर्ब ६८ करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ । आज ३०९ कम्पनीको १ करोड ५५ लाख कित्ता सेयर खरिदबिक्री भयो । 

प्रकाशित मिति: मङ्गलबार, ०८ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.