सरकारले थप्यो सभामुख र उपसभामुखको सुविधा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशका सभामुख र उपसभामुखका लागि सुविधा थप गरेको छ । मन्त्रिपरिषद् बैठकले सभामुखका लागि मासिक ७५ लिटर र उपसभामुखका लागि मासिक ५० लिटर इन्धन सुविधा थप गरेको हो ।

प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ को अनुसूची १ मा सभामुखले मासिक १५० र उपसभामुखले १२५ लिटर इन्धन पाउने प्रावधान थियो । मन्त्रिपरिषद् बैठकले अनुसूची संशोधन गरेपछि अब सभामुखले २२५ लिटर र सभामुखले १७५ लिटर इन्धन सुविधा प्राप्त गर्नेछन् ।

सुविधा थप गर्ने विषयमा बाहिर छलफल भएन, प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ को दफा २० का आधारमा मन्त्रिपरिषद् बैठकले सुविधा थप गरेको हो । दफा २० मा ‘प्रदेश सरकारले राजपत्रमा सूचना प्रकाशन गरी पदाधिकारी वा सदस्यलाई मार्का नपर्ने किसिमबाट अनुसूची हेरफेर गर्न सक्ने’ प्रावधान छ ।

भदौ २७ गतेको मन्त्रिपरिषद् बैठकले गरेको यो निर्णयपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोही दिनको मितिमा राजपत्रमा सूचना प्रकाशित गरेको छ । प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट र उपसभामुखमा एमालेकी सृजना दनुवार छिन् । सभामुखले मासिक ६२ हजार ५४० र उपसभामुखले ५९ हजार पारिश्रमिक पाउँछन् ।

सभामुखले दुई जना स्वकीय सचिव, एक जना सूचना प्रविधि, दुई जना कार्यालय सहयोगी र एक जना हलुका सवारी चालक गरी ६ जना सहयोगी पाउँछन् । त्यस्तै उपसभामुखले सचिवालयमा तीन जनालाई राख्न पाउने सुविधा छ ।

थप भएकाे सुविधा

प्रकाशित मिति: मङ्गलबार, ०८ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.