विराटनगर । कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले तीन समिति गठन गरेको छ ।
मंगलबार बसेको बैठकले आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरको संयोजकत्वमा राजनीतिक तथा प्रशासनिक समिति, आन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारीको संयोजकत्वमा कानून न्याय तथा प्रदेश मामिला समिति र भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राईको संयोजकत्वमा आर्थिक सामाजिक तथा पूर्वाधार समिति गठन गरेको हो ।
बैठकले स्वास्थ्य मन्त्रालयका १० र ११ औँ तहका कर्मचारीको सरुवा गरेको छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरमा कार्यरत ११ औँ तहका निर्देशक डा. वीरेन्द्रकुमार मण्डललाई जिल्ला अस्पताल उदयपुरमा कामकाज गर्ने गरी सरुवा गरेकाे छ ।
१० औँ तहका वरिष्ठ जनस्वास्थ्य प्रशासक ज्ञानबहादुर बस्नेतलाई प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाबाट स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरमा सरुवा गरेकाे छ । मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. सुरेश मेहतालाई प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटामा सरुवा गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ ।
बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय कोशी प्रदेशले हरेक वर्ष सञ्चालन गर्दै आएको मुख्यमन्त्रीसँग जनता कार्यक्रम यस वर्षदेखि ‘जनतासँग कोशी प्रदेश सरकार’ नाममा सञ्चालन गर्ने निर्णय गरेकाे छ । मन्त्रिपरिषदको बैठकले कार्यक्रम सञ्चालन कार्यविधि पास गरेको सरकारका प्रवक्तासमेत रहेका मन्त्री अधिकारीले जानकारी दिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,447)
जीवन विकासले बोलायो साधारणसभा (2,415)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,376)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,359)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,227)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,161)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,583)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,121)