कार्यपालिका बैठक माग्दै इटहरीका जनप्रतिनिधी उच्च अदालतमा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कार्यपालिका बैठक राख्न परमादेशको माग गर्दै सुनसरीको इटहरी उपमहानगरपालिकाका जनप्रतिनिधिले अदालत रिट दायर गरेका छन् ।

मेयर हेमकर्ण पौडेलले कार्यपालिका बैठक नराखेको भन्दै बैठकका लागि परमादेशको माग गर्दै उपमेयरसहितका जनप्रतिनिधिले उच्च अदालत विराटनगरमा रिट दायर गरेका हुन् । उपमहानगरको कार्यपालिकाका बहुमत जनप्रतिनिधिले रिट दर्ता गराएका हुन् ।

रिट दायर गर्नेमा उपमेयर संगीताकुमारी चौधरीसहित १५ जना वडाध्यक्ष र कार्यपालिका सदस्यहरु छन् । उनीहरुले बैठक राख्न परमादेश माग गरेका छन् । यसअघि उनीहरुले भदौ २७ गते इटहरी उपमहानगरपालिका कार्यालयमा कार्यपालिका बैठक राख्न माग गर्दै निवेदन दिएका थिए ।

विभिन्न ५ वटा एजेण्डामा छलफल गर्नका लागि कार्यपालिका बैठक राख्न माग गरेपनि मेयर पौडेलले बैठक नराखेपछि अदालतलाई गुहार्नुपर्ने अवस्था आएको इटहरी–३ का वडाध्यक्ष उमेश सुवेदीले बताए । उनका अनुसार चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न कार्यपालिका बैठक राख्नुपर्नेमा आर्थिक वर्ष सुरु भएको २ महिना बित्न लाग्दा पनि नियमित बैठक बोलाइएको छैन ।

इटहरी उपमहानगरपालिकासँग सम्बन्धित, सार्वजनिक चासो र सरोकारका विषयहरु सञ्चार माध्यम र सामाजिक सञ्जालमा आइरहँदा त्यसलाई बेवास्ता गरेर नगर प्रमुख आत्मरतीमा रमाएको आरोप जनप्रतिनिधिको छ । मेयर पौडेल इटहरी उपमहानगरपालिकाको कार्यपालिकाको भूमिकालाई निस्तेज पार्ने गरी अगाडि बढेको भन्दै उनीहरुले स्थानीय सरकार सञ्चालन ऐन, २०७५ को दफा १७ को उपदफा (१) बमोजिम र कार्यपालिकाले स्वीकृत गरेको बैठक सञ्चालन आचार संहिता अनुसार बैठक राख्न भदौ ३० गतेसम्मको अल्टिमेटम दिएका थिए ।

तर, मेयर पौडेलले बैठक बोलाएनन् । जनप्रतिनिधिहरुले गत आर्थिक वर्षमा सम्पन्न भएका योजनाहरुको भुक्तानी, कर्मचारीहरुको तलब भत्ता भुक्तानी, विद्युतीय बस खरिद तथा इटहरी अस्पतालको सीटी स्क्यान मेसिन खरिद र आर्थिक वर्ष २०८०/०८१ को समीक्षा सम्बन्धमा छलफल गर्न कार्यपालिका बैठक बोलाउन माग गरेका हुन् ।

रिट दायर गर्नेमा उपाध्यक्ष संगीताकुमारी चौधरीसहित वडाध्यक्षहरु इटहरी–२ माधव कोइराला, ३ का उमेश सुवेदी, ४ का भक्त लामा, ५ का भीष्म घिमिरे, ७ का देवनारायण चौधरी, ९ का जितेन्द्र थापा, १० का अध्यक्ष अवधेश चौधरी, ११ का केशवप्रसाद कोइराला, १२ का भुवनराज पोखरेल, १४ का रमेशप्रसाद चौधरी, १५ का जयनारायण चौधरी, १६ का तेजनारायण चौधरी, १७ का प्रभातकुमार आचार्य, १८ का रामकुमार चौधरी र १९ का अध्यक्ष श्रीनारायण चौधरी छन् । त्यस्तै, रिट दायरमा गर्ने कार्यपालिका सदस्यहरुमा मनबहादुर विश्वकर्मा, भीमादेवी राई र भीमाकुमारी तुम्बाहाम्फे पनि छन् ।

प्रकाशित मिति: मङ्गलबार, ०८ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.