विश्वकप लिग–२ : क्यानडासँग नेपाल फेरि पराजित

Satya Sanchar सत्य सञ्चार

विराटनगर । आईसीसी विश्वकप लिग–२ मा क्यानडासँग नेपाल फेरि पराजित भएको छ । लिगको तेस्रो तथा क्यानडासँगको दोस्रो खेलमा नेपाल ५ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १८२ रनको लक्ष्य क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । क्यानडा जितमा नवनीत धालिवालले ११३ बलमा ८ चौका र ४ छक्कासहित सर्वाधिक ८७ रन बनाए । परगत सिंहले ८३ बलमा ७ चौका र २ छक्कासहित ६४ रन बनाए ।

दोस्रो विकेटलाई परगन र नवनीतले १२२ रनको शतकीय साझेदारी गर्दै जितको आधार तय गरे । नेपालका सन्दीप लामिछाने २, करण केसी, गुलशन झा र ललित राजवंशीले १-१ विकेट लिए ।

त्यसअघि किग सिटी नर्थ वेस्ट क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४६-१ ओभरमा १८१ रनमा अल आउट भएको थियो ।

सन्दीप लामिछानेले ४८ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४९ रन बनाएका थिए । गुलशन झाले ५६ बलमा २ चौका र २ छक्कासहित ३४ रन बनाए ।

नेपाल पहिलो खेलमा क्यानडासँग १०३ र दोस्रो खेलमा ओमानसँग १ विकेटले पराजित भएको थियो । नेपालले अब अन्तिम खेल मंगलबार ओमानसँग खेल्नेछ ।

नेपाल ७ खेलमा १ मा जितसहित २ अंकका साथ सातौं स्थानमा छ । क्यानडा ११ खेलमा ७ मा जित र ४ मा हारसहित १४ अंकका साथ शीर्षस्थानमा छ ।

प्रकाशित मिति: सोमबार, ०७ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.