जहदामा जीवन विकासकाे सीपमूलक तालिम

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको जहदा गाउँपालिका –४ मा जीवन विकास लघुवित्त वित्तीय संस्थाले सीपमूलक तालिम सुरु गरेको छ ।

२४ जिल्लाका ग्रामीण बस्तीहरूमा वित्तीय सेवा प्रवाह गरिरहेको जीवन विकासले रामचोक शाखा मार्फत उद्यमशीलताको विकासका लागि सीपमूलक तालिम आयोजना गरेको हो ।

स्थानीय सिसवनी कृषि सहकारीसँगको सहकार्यमा वडा कार्यालयमा आजबाट सुरु भएकाे तालिम असाेज ८ गतेसम्म चल्नेछ । तालिममा जहदाका ३० जना किसान सहभागी छन् । तालिमका सहभागीलाई व्यावसायिक रुपमा गाईपालन गरिरहेका किसानसँग अन्तरक्रियाका लागि अवलोकन भ्रमणमा पनि लगिने लघुवित्तले जनाएको छ ।

उन्नत जातको गाईपालनका लागि प्रोत्साहित गर्ने उद्देश्यले तालिम आयोजना गरिएको जीवन विकास लघुवित्तको उद्यमशीलता विकास विभागका प्रमुख मनोज शर्माले जानकारी दिए । पशुपालन सम्बन्धी तालिमपछि पशु आहार साइलेज बनाउने तालिम पनि दिने तयारी रहेको उनले बताए । उनका अनुसार उद्यमशीलता विकास अभियान अन्तरगत सदस्यले गाईपालन गरी उत्पादन गरेको दूध घरबाटै बिक्री गर्ने वातावरण संस्थाले मिलाइदिनेछ ।

संस्थाले जहदा गाउँपलिका – ४ लाई वातावरण मैत्री गाउँ (इको भिलेज) बनाउने तयारी गरिरहेकाे उनले बताए ।

प्रकाशित मिति: आइतबार, ०६ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.