जहदामा जीवन विकासकाे सीपमूलक तालिम

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको जहदा गाउँपालिका –४ मा जीवन विकास लघुवित्त वित्तीय संस्थाले सीपमूलक तालिम सुरु गरेको छ ।

२४ जिल्लाका ग्रामीण बस्तीहरूमा वित्तीय सेवा प्रवाह गरिरहेको जीवन विकासले रामचोक शाखा मार्फत उद्यमशीलताको विकासका लागि सीपमूलक तालिम आयोजना गरेको हो ।

स्थानीय सिसवनी कृषि सहकारीसँगको सहकार्यमा वडा कार्यालयमा आजबाट सुरु भएकाे तालिम असाेज ८ गतेसम्म चल्नेछ । तालिममा जहदाका ३० जना किसान सहभागी छन् । तालिमका सहभागीलाई व्यावसायिक रुपमा गाईपालन गरिरहेका किसानसँग अन्तरक्रियाका लागि अवलोकन भ्रमणमा पनि लगिने लघुवित्तले जनाएको छ ।

उन्नत जातको गाईपालनका लागि प्रोत्साहित गर्ने उद्देश्यले तालिम आयोजना गरिएको जीवन विकास लघुवित्तको उद्यमशीलता विकास विभागका प्रमुख मनोज शर्माले जानकारी दिए । पशुपालन सम्बन्धी तालिमपछि पशु आहार साइलेज बनाउने तालिम पनि दिने तयारी रहेको उनले बताए । उनका अनुसार उद्यमशीलता विकास अभियान अन्तरगत सदस्यले गाईपालन गरी उत्पादन गरेको दूध घरबाटै बिक्री गर्ने वातावरण संस्थाले मिलाइदिनेछ ।

संस्थाले जहदा गाउँपलिका – ४ लाई वातावरण मैत्री गाउँ (इको भिलेज) बनाउने तयारी गरिरहेकाे उनले बताए ।

प्रकाशित मिति: आइतबार, ०६ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.