विराटनगर । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेससँग भेटवार्ता गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क पुगेका ओलीले राष्ट्रसङ्घका महासचिव गुटेरेससँग शनिबार बेलुका राष्ट्रसङ्घ भवनमा भेटवार्ता गरेका हुन् ।
भेट अघिको सार्वजनिक समारोहमा ओलीले कार्बन उत्सर्जन गर्ने देशले उत्सर्जन नगर्ने देशलाई क्षतिपूर्ति दिनुपर्नेमा नेपालको स्पष्ट मान्यता रहेको बताएका छन् ।
जीवाष्म इन्धनमुक्त संसदीय सञ्जाल (पार्लियामेन्टेरियन्स फर फोसिल फ्युल फ्रि) को कार्यक्रममा मुख्य वक्ताका रूपमा सम्बोधन गर्दै उनले नेपालले कार्बन उत्सर्जनमा शून्य योगदान गरेर जलवायु परिवर्तनको असरलाई रोक्न मद्दत गरेको बताए ।
विकसित देशको कार्बन उत्सर्जनका कारण नेपालको सगरमाथा र हिमाल पग्लिन थालेकाले त्यसको असर खेप्ने समुदायलाई क्षतिपूर्ति दिइनुपर्ने उनको भनाइ थियो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,443)
जीवन विकासले बोलायो साधारणसभा (2,413)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,375)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,357)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,227)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,161)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,583)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,121)