राष्ट्रसङ्घका महासचिवसँग प्रधानमन्त्रीकाे भेटवार्ता

Satya Sanchar सत्य सञ्चार

विराटनगर । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेससँग भेटवार्ता गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क पुगेका ओलीले राष्ट्रसङ्घका महासचिव गुटेरेससँग शनिबार बेलुका राष्ट्रसङ्घ भवनमा भेटवार्ता गरेका हुन् ।

भेट अघिको सार्वजनिक समारोहमा ओलीले कार्बन उत्सर्जन गर्ने देशले उत्सर्जन नगर्ने देशलाई क्षतिपूर्ति दिनुपर्नेमा नेपालको स्पष्ट मान्यता रहेको बताएका छन् ।

जीवाष्म इन्धनमुक्त संसदीय सञ्जाल (पार्लियामेन्टेरियन्स फर फोसिल फ्युल फ्रि) को कार्यक्रममा मुख्य वक्ताका रूपमा सम्बोधन गर्दै उनले नेपालले कार्बन उत्सर्जनमा शून्य योगदान गरेर जलवायु परिवर्तनको असरलाई रोक्न मद्दत गरेको बताए ।

विकसित देशको कार्बन उत्सर्जनका कारण नेपालको सगरमाथा र हिमाल पग्लिन थालेकाले त्यसको असर खेप्ने समुदायलाई क्षतिपूर्ति दिइनुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति: आइतबार, ०६ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.