यस्ताे छ विदेशी मुद्राकाे बजार दर

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४१ पैसा र बिक्री दर १३४ रुपैयाँ ०१ पैसा कायम भएको छ । आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गर्दा अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ४१ पैसा कायम गरेको हो ।

युरोपियन युरो एकको खरिद दर १४८ रुपैयाँ ८७ पैसा र बिक्री दर १४९ रुपैयाँ ५४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर १७७ रुपैयाँ ३२ पैसा र बिक्री दर १७८ रुपैयाँ १२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १५७ रुपैयाँ ०२ पैसा र बिक्री दर एक सय ५७ रुपैयाँ ७२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ७८ पैसा र बिक्री दर ९१ रुपैयाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ २९ पैसा र बिक्री दर ९८ रुपैयाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०३ रुपैयाँ २१ पैसा र बिक्री दर १०३ रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिद दर नौ रुपैयाँ २४ पैसा र बिक्री दर नौ रुपैयाँ २८ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ९१ पैसा र बिक्री दर १८ रुपैयाँ ९९ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ५५ पैसा र बिक्री दर ३५ रुपैयाँ ७१ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४९ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिद दर चार रुपैयाँ ०४ पैसा र बिक्री दर चार रुपैयाँ ०६ पैसा, युएई दिराम एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा र बिक्री दर ३६ रुपैयाँ ४९ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रुपैयाँ ७३ पैसा र बिक्री दर ३१ रुपैयाँ ८७ पैसा कायम गरिएको छ ।

साउथ कोरियन वन एक सयको खरिद दर नौ रुपैयाँ ९८ पैसा र बिक्री दर १० रुपैयाँ ०३ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १३ रुपैयाँ ०७ पैसा र बिक्री दर १३ रुपैयाँ १३ पैसा र डेनिस क्रोनर एकको खरिद दर १९ रुपैयाँ ९६ पैसा र बिक्री दर २० रुपैयाँ ०५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिद दर १७ रुपैयाँ १२ पैसा र बिक्री दर १७ रुपैयाँ २० पैसा, कुवेती दिनार एकको खरिद दर चार सय ३७ रुपैयाँ २० पैसा र बिक्री दर चार सय ३९ रुपैयाँ १७ पैसा, बहराइन दिनार एकको खरिद दर तीन सय ५४ रुपैयाँ ०१ पैसा र बिक्री दर तीन सय ५५ रुपैयाँ ६१ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिद दर एक सय ६० रुपैयाँ र बिक्री दर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

प्रकाशित मिति: आइतबार, ०६ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.