विराटनगर । जीवन विकास समाजले मोरङको जहदा गाउँपालिका– ४ रामचोकमा वृक्षरोपण गरेको छ । शनिबार २७ औं स्थापना दिवसको अवसरमा समाजले वृक्षरोपण गरेको हो ।
विक्रम सम्वत् २०५४ सालमा स्थापना भएको जीवन विकास समाजले शिक्षा, स्वास्थ्य, कृषि र वातावरण संरक्षणको क्षेत्रमा काम गरिरहेको छ । जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्रवद्र्धक संस्था पनि जीवन विकास समाज हो । समाजको संस्थापक मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डल हुन् ।
स्थापना दिवसको अवसरमा रामचोकमा कालोपत्रे सडक किनारमा बिरुवा रोपेको समाजले जनाएको छ । समाजका उपाध्यक्ष अजयकुमार मण्डलको अध्यक्षतामा सुरु भएको वृक्षरोपण कार्यक्रममा जीवन विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डल प्रमुख अतिथि थिए ।
कार्यक्रममा उनले वातावरण संरक्षणका लागि वृक्षरोपण गर्न आवश्यक रहेको बताए । रोपिएको बिरुवा संरक्षणका लागि उनले स्थानीयवासीलाई आग्रह गरे ।
पृथ्वीको तापक्रम बढ्दै गएको बताउँदै उनले तापक्रमलाई सन्तुलनमा राख्न पनि वृक्षरोपण गर्नुपर्ने बताए । ‘पछिल्लो वर्षहरूमा पृथ्वीको तापक्रम निरन्तर बढ्दो छ, वातावरणमा असन्तुलन छ,’ उनले भने,‘ तापक्रम नियन्त्रण गर्ने उपाय वृक्षरोपण नै हो, वृक्षरोपण पछि संरक्षणमा समाज सचेत हुनुपर्छ ।’
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,443)
जीवन विकासले बोलायो साधारणसभा (2,411)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,371)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,355)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,225)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,159)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,583)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)